नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका नेता रामहरि जोशीको आज निधन भएको छ ।स्थापनाकालदेखि नै नेपाली कांग्रेसमा सक्रिय जोशीको ९३ वर्षको उमेरमा अस्पतालमा निधन भएको हो ।
स्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेका जोशीको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । उनको आज, २९ असार साँझ ७ बजे निधन भएको अस्पतालले जनाएको छ ।
२०४८ र २०५१ सालको संसदीय निर्वाचनमा सर्लाहीबाट निर्वाचित जोशी शिक्षा र पर्यटनमन्त्री पनि भएका थिए ।
यसरी आएको थियो फागुन ७ – रामहरि जोशी