चुनाबी प्रक्रिया द्वारा परिवर्तन सम्भव छैन- नविन रोक्का मगर
संसारका कुनै पनि उत्पीडित जनताले कल्पेको परिबर्तन ईतिहासको कुनै युगमा पनि चुनाव प्रक्रियाले नभएर क्रान्ति वा आन्दोलनको जगमा सम्पन्न भएको छ । बरू चुनावले भएको परिबर्तनलाई संस्थागत गर्ने काम गर्ने गर्दछ। त्यसकारण कुनै पनि चुनाबपछि कतिपय नामी बिश्लेषकहरू समेत वास्तविक तर्क दिन चुकेका हुन्छन्।अनि भन्छन अब देशमा परिवर्तनका जग ढल्ने भयो, पहिचान रअधिकार प्राप्तीको मुद्दा सकिने भयो ।
तर सवाल त्यसो नभएर चुनावले यसलाई कुनै असर पार्न सक्दैन बरू केही समयलाई भ्रम पार्न भने सक्छ। यो तितो सत्यको धरातललाई बिर्सेर कतिपय राजनैतिककर्मी र स्वघोषित बिव्दानहरूले के व्याख्या गर्छन भने अब संघीयता पहिचान गणतन्त्र धर्म निरपेक्षता लगायतका अग्रगामी मुद्दा बिरोधी शक्तिले चुनाव जित्यो अरू सबै सकिने भयो परिबर्तन पनि समाप्त हुने भयो भन्छन तर कूरा त्यसो होईन । यदि यस्तै भएको खण्डमा यसको रक्षाका लागि परिवर्तनको छेऊमा क्रान्ति र आन्दोलन हरदम उभेको हुन्छ।त्यसैले चुनावको रबाफ र जबाफले कोही आतिने र कोही मातिने गर्नु गल्ती हो।
आज देशले प्राप्त गरेका गणतन्त्र संघीयता लगायतका युगान्तकारी परिबर्तनहरू के चुनाबी प्रक्रियाव्दारा प्राप्त भएका हुन विल्कुल होईन । हो यसरी चीजको गहिराईमा बुझ्न जरूरी छ। अन्यथा चुनाब जित्न कुनै पनि दलले जनतालाई फकाउन युगौ युगसम्म देशै डुव्ने गरी रक्सी खुलाए पनि देशै किन्न सक्ने पैसा खर्च गरे पनि परिबर्तन संभब छैन बरू परिबर्तित सत्तामा शासन सत्ता चलाउन सक्दछ तर राज्यसत्ता परिबर्तन गर्ने दम राख्न सकदैन भन्ने कुरा संसारका कुनै पनि राजनैतिक बिज्ञानले स्विकार गर्दछ।
यो सत्यतालाई आत्मसाथ गरी नेपालीजनले पनि नयां ढंगले विश्लेषण गर्न निकै खाचो छ होईन भने देशमा परिबर्तन सदा रोएर बाच्न विवश हुनेछ।
लेखक : नविन रोक्का मगर , नेपाल मगर संघका केन्द्रिय अध्यक्ष हुनुहुन्छ |