हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एमालेले मेरो गोरुको बाह्रै टक्का भन्ने झैँ घमण्ड गर्नुहुन्न : बी बी लामा तामाङ

B B Lama Tamang

सामाजिक संजाल मार्फत देशको राजनैतिक ,आर्थिक , सामाजिक , धार्मिक ,शैक्षिक , कला , आदि बिषयहरुमा आफ्नु धारणा राख्नु हुने एवम् देशको ति बिषयहरुमा अध्ययन गरिरहनु भएको ब्यक्तिहरुसँग संवाद थाल्ने हाम्रो प्रयास हो ”पाना संवाद ” जसमा चर्चित भन्दा पनि देशप्रतिको चिन्ता र चासोलाई समाधानका उपायहरु समेत दिनसक्ने ब्यक्तिलाई लिने छौ | यो संवादबाट निस्किएका सार्थक निष्कर्षहरु देश र समाजलाई केहि निचोड र महत्वपूर्ण हुनेछ भन्ने हाम्रो मान्यता छ।

यसै क्रममा आजको हाम्रो साप्ताहिक पाना संवादमा हाम्रो अथितिको रुपमा नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य बीबी लामा तामाङ रहनु भएको छ | इजरायलवासी नेपालीहरु बीच आफैमा एक स्थापित नाम हो बी बी लामा तामाङ।

इजरायलमा गठित तामाङ समुदायको संस्था नेपाल तामाङ समाज, इजरायल (२०१०) को संस्थापक अध्यक्ष, एनआरएन इजरायलको वरिष्ठ उपाध्यक्ष (२०११-२०१३) , एनआरएन इजरायलको सल्लाहकार (२०१३-२०१५) ,नेपाल तामाङ समाज इजरायल (२०१०) र नेपाल तामाङ घेदुङ इजरायल (२०१३) एकीकृत भएर गठन भएको नेपाल तामाङ समाज घेदुङ इजरायल (२०१४) संस्थापक सल्लाहकार , नेपाल तामाङ घेदुङ, इजरायलको पहिलो अधिवेशन मार्फत घेदुङको अध्यक्ष (२०१५-१६) , नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज , इजरायलको संस्थापक संयोजक,नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय परिषद सदस्य , हाल नेपाल तामाङ घेदुङको संरक्षक, अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको सल्लाहकार र फ्याफुल्ला मिडिया प्रा.लि.का प्रबन्ध निर्देशकका साथै तामाङअनलाइन डट कमका सम्पादक समेत रहनु भएका तामाङसंग पाना सम्बादको लागि सुनिल श्रेष्ठले बिभित बिषयमा गरेको समसामयिक कुराकारीको सम्पादित अंश!

– नयाँ शक्ति पार्टीको केन्द्रिय परिषद सदस्य एवम अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको संस्थापक संयोजकको हैसियतले अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको गतिबिधि बारे केहि संक्षिप्त जानकारी दिनु हुन्छ कि ?

नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य बी बी लामा तामाङ

अधिवेशन मार्फत नयाँ कार्यसमिति गठन भएको छ। प्रवासी भुमि इजरायलमा संगठन बिस्तारको क्रम तिब्र रुपले अघि बढीरहेको छ। पार्टीले बेलाबेलामा दिएको निर्देशनलाई पालन गरिरहेका छौ। हाम्रो पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले म स्वयमको संयोजकत्वमा नेपाल सरकारसंग तत्कालिन सरोकारको बिषयवस्तु उपर ,कार्यकारी प्रमुख राष्ट्रपतिको व्यवस्था मिलाउन लगायत प्रवासमा रहेको नेपालीको समस्या समाधानको लागि नेपाली दुतावास इजरायलमा ज्ञापन पत्र बुझाउने कार्य गरी सकेका छौ।इजरायलमा अवस्थित नेपालीहरुको विभिन्न राजनितिक,सामाजिक,आदिवासी जनजाति,धार्मिक र क्षेत्रिय संघसंस्थाहरुसंग हातेमालो गर्दै सामुहिक हित र नेपाल राष्ट्रको पक्षमा कार्यहरु गर्दै आईरहेका छौ। जस्तै उदाहरणको लागि हामीले इजरायलमा २५६१ औ बुद्ध जयन्ति कार्यक्रम सामुहिक रुपमा मनायौ ,अब अगस्ट महिनामा पनि तिज कार्यक्रम २०७४ सबै संघसंस्था संग मिलेर मनाउन गईरहेका छौ। इजरायलमा रहनु भएका नेपालीहरुको जस्तोसुकै समस्याको लागि सहयोग गर्न हामी तयार छौ।

– स्थानीय चुनाबको सन्दर्भमा नयाँ शक्तिले प्राप्त गरेको मतलाई कसरी हेर्ने ? जनताले नयाँ शक्तिलाई स्वीकार गरेको जस्तो देखिदैन ,कतै नयाँ शक्तिको भविष्य अन्योलमा परेको त होइन ? यस बारे तपाइको धारणा के छ ?

सर्वप्रथम त पुरानो सोच भएका पार्टीहरुले षडयन्त्र गरेर हाम्रो पार्टीलाई चुनाब चिन्ह “आँखा” प्रयोग गर्न बन्देज लगाएर भ्रुण हत्या गरे।स्थानीय निर्वाचनको घोषण भईसकेपछि स्थानीय तहको निर्वाचन ऐन २०७३ संसदले फास्ट टयाकबाट पारित गरी विद्यमान संसदमा नरहेको दललाई दलीय चुनाब चिन्ह नदिने निर्णय गर्यो । जसले गर्दा भोट हाल्ने जनताहरु अलमल्लमा परे | जे जति भोट प्राप्त भयो , त्यो नयाँ शक्तिको सम्पति हो। भर्खरै स्थापित भएको पार्टीले स्थानीय तहको चुनाबमा धेरै सिट जित्न नसकेपनि जनताले सम्मानजनक भोट दिनु भएको छ | जनताहरु नयाँ शक्तिको पक्षमा नै हुनुहुन्छ र पार्टीको भविष्य उज्ज्वल छ।

– स्थानीय चुनाबको सन्दर्भमा नयाँ शक्ति पार्टीले दुई वटा लाइन लिएको देखियो , शुरुमा संबिधान संसोधन नभैकन चुनाबमा भाग नलिने तर पछि के यस्तो घटना भयो कि फेरि भाग लिने निर्णय गर्न पुग्यो ? कारण के होला ?

नयाँ शक्ति पार्टीले स्थापन कालदेखि जुन संविधान निर्माण भयो ,त्यो अपूर्ण छ। त्यसलाई पूर्णता दिनु पर्छ भन्ने अडान लिदै आईरहेको छ | यो अहिलेको तत्कालिन आवश्कयता पनि हो | तथापी हाम्रो पार्टी सदनमा नरहेको अवस्थामा संशोधनको सवालमा आवाज उठान गर्नु बाहेक अरु केहि बिकल्प रहेन। लामो समयको अन्तराल पछि भएको स्थानीय चुनाबमा देशको बिकास, सम्बृद्धि,सुशासन,जनसह्भागिता , समावेशिता र लोकतन्त्रको सवालीकरणको लागि पार्टीको एजेन्डाको जित भन्दा पनि राष्ट्रको जितको लागि चुनाबमा भाग लिने निर्णय पार्टीले गरेको हो। यो सहि निर्णय हो।

– पहिचानको मुद्दालाई उत्कर्षमा पुराएर त्यसलाई बिचैमा छोडेर अलपत्र पार्दै आर्थिक सम्बृद्धिको नारा लगाउदै नयाँ शक्ति खोलेको आरोप तपाइको पार्टी अधक्ष्यलाई लाग्ने गरेको छ ,साथै तपाई पनि पहिचान प्राप्तिमा लाग्नु भएको एक पहिचानबादी ब्यक्तित्व पनि रहनु भएको हुदा यसलाई कसरी बुझ्ने अब जनमानसले ?

पहिचानको सवालमा नेपाली जनताले अलि स्पष्टसंग बुझेको छ जस्तो मलाई लाग्दैन। हाम्रो पार्टीले हिमाल ,पहाड र तराईमा बस्ने आम जनताको पहिचानलाई एकीकृत गर्दै सबैलाई समेट्न ३ कलस्टरलाई मुख्यतया मान्यता दिएको छ | खस आर्य,आदिवासी जनजाति र मधेशी लगायत पिछाडीका वर्गको पहिचानलाई पार्टीले आत्मसात गरेको छ। पहिचानको मुद्धालाई छाडेको भन्ने हल्ला निराधार हो।

– हिजो पहिचान प्राप्त नभई केहि बिकाश नै हुदैन भन्नु हुने डा.भट्टराईलको आर्थिक सम्बृद्धि चै अब कसरी पुरा होला जबकी यहाँ भनिएको कुनै पहिचान नै प्राप्त नभएको पहिचानबादी संघसंगठनले दावी गर्दैछन् ?

हाम्रो पार्टीको मुख्य लक्ष्य भन्नु नै ३ कलस्टरको पहिचानलाई संयोजन गरी आर्थिक सम्बृद्धि गर्नु हो । कुनै एकल जातिको पहिचानको कुरा गरेर मात्रै पनि देशको विकास र आर्थिक सम्बृद्धि सम्भव छैन।

– जुन उत्साहको साथ नयाँ शक्तिको शुरुवात भयो त्यसमा पुरै शिथिलता आएको देखिन्छ , किन होला ? के पार्टी अधक्ष्य भट्टराईको नेतृत्वप्रति कार्यकर्ता र जनताले बिश्वास नगरेका हुन् ?

नयाँ शक्तिलाई जनताले बिश्वास गरेका छन्। हामी उत्साहको साथमा नै पार्टीको संगठन बिस्तारमा छौ। डा. बाबुराम भट्टराईको नेतृत्व हामी सबैको लागि गौरबको कुरा हो।

– बिस २०७५ सम्म नेपालको एक नम्बर पार्टी हुन्छ भन्दै घोषणा गर्ने तत्कालिन नेता रामेश्वर खनाल र नेता मुमाराम खनालले नै डा.भट्टराईको नेतृत्व ठिक भएन भन्दै पार्टी नै परित्याग गरेर गए पछि नयाँ शक्ति कम्जोर भएको भनिन्छ नि ?

पार्टी कमजोर भएकै छैन।उहाँहरु गएर भयो भन्ने प्रश्न नै उठदैन | बाँकी वहाँहरुको निजि कुरा हुन्।

– अब पहिचान प्राप्तिको लागि के कस्तो कदम उठाउनु पर्छ जबकी संबिधानलाई सर्वस्वीकार्य बनाउन गरिन लागेको संबिधान संसोधन नहुने देखिएको अवस्थामा ?

संबिधान संसोधनको मुद्धालाई पहिचानसंग मात्र जोडिनु ठिक होइन , समग्र देशको बिकास र सारा जनताको हितको लागि संसोधन गर्नु अत्यन्तै आवश्यक छ। केहि समय लाग्ला , संबिधान संसोधन अवश्य हुन्छ | बिशेष गरी ठुला ३ दलले पुरानो सोच र संस्कारबाट मुक्त भई सहमतिमा जनताको पक्षमा सोच्नु जरुरि छ।

– प्रस्तुत संबिधान संसोधनलाई राष्ट्रघाती छ भन्दै बिरोध गरेको देखिन्छ र बिशेष यसको नेतृत्व प्रमुख प्रतिपक्ष एमालेले गर्दै छ , के साचिकै राष्ट्रघाती नै हो ? या संबिधान संसोधन भए राष्ट्र जोडिन्छ ? यसबारे यहाको भनाइ के छ ?

आफुलाई राष्ट्रवादी र अरुलाई राष्ट्रघाती सम्झेर संविधानमा भएको कमीकमजोरी र सम्पूर्ण जनताको एकबद्धता गर्ने काममा एमाले बाधा बन्नु हुदैन | एमालेले मेरो गोरुको बाह्रै टक्का भन्ने झैँ घमण्ड गरेर राष्ट्रिय एकतालाई तोड्ने ,विभिन्न समुदाय र क्षेत्रलाई विभाजित हुने स्थित पैदा गर्नु हुदैन ।

-वर्तमानमा राजनीतिलाई नजिकबाट हेर्दा कांग्रेस , एमाले , माओबादी ,मधेशीवादी दलको भूमिका कस्तो देख्नु हुन्छ संक्षेपमा बताई दिनु हुन्छ कि ?

सबै दल सत्ता लुप्त देखिन्छ , राष्ट्र निर्माणमा भन्दा  बिशेष गरी पार्टी भित्र  व्यक्तित्व  हावी भएको देखिन्छ। मधेशवादी दल भन्नाले सबैलाई दललाई एकै टोकरीमा हाल्नु मिल्दैन। मधेशीवादी दलले क्षेत्रिय मुद्धा अर्थात् मधेशी समुदायको आवाज मात्र उठान गर्नु उचित होइन।

– नयाँ शक्तिमा देखिएको कमीकमजोरी सुधार गर्न र यसको घोषित लक्ष्य प्राप्त गर्न अब नयाँ शक्तिले लिने बाटो के हुनसक्छ ?

नयाँ शक्तिको केन्द्रिय सचिवालय र केन्द्रिय परिषदको नेताहरु केन्द्रमुखी अर्थात् काठमाडौ वा शहरबजार मात्रमा केन्द्रित भएको देखिन्छ ।आम जनताको घरदैलोमा पुग्न आवश्यक छ । पार्टीमा आवाद्ध नेता,कार्यकर्ता र सदस्यहरुमा पुरानो अनुभवी र नयाँ भन्ने सोचमा परिवर्तन गरी हामी सबै एक हौ भन्ने सोच लिनु जरुरी छ। पार्टीको मुख्य एजेन्डा “आर्थिक सम्वृद्धि” बारे स्पस्ट रुपमा जनता सामु पुरयाउनु र बुझाउनु नै पार्टीले तय गर्नुपर्ने पाटो हो ।

– नयाँ शक्ति र संघीय समाजबादीसंगको एकताको कुरा हुदै गर्दाखेरि संघीय समाजबादीका अधक्ष्य उपेन्द्र यादवको नेतृत्वमा रहन डाक्टर भट्टराईले अस्विकार गरेको कारणले एकता हुन् नसकेको भनाइ बाहिर आएको छ नुई ? यो कतिको सत्य हो ?

पार्टी एकीकरणको क्रममै रहेको छ | नेताहरु बिच नेतृत्वको लागि छलफल हुनु स्वाभाविक नै हो। हिमाल,पहाड र तराईलाई नजर राख्दै पार्टी एकिकरण भएमा डा.बाबुराम भट्टराईलाई पार्टीको नेतृत्व प्रदान गर्नुपर्छ।

– केहि ब्यक्तिहरुले दम्भी घमण्डी मानेका डाक्टर बाबुराम भट्टराई कस्तो व्यक्तित्व हुनुहुन्छ ,तपाइको नजरमा ?

वहाँ सरल व्यक्तिको बौद्धिक नेता हुनुहुन्छ | दम्भी घमण्डी कुन आधार भन्नु र खै ?

– इजरायलका लागि नवनियुक्त महामहिम निरञ्जन थापालाई केहि सन्देश छ कि ?

समयको अभावले उहाँसंग प्रत्यक्ष भेटघाट हुनसकेको छैन। सर्वप्रथम इजरायलमा नेपाली कामदारको लागि बन्द भएको भिषा खुलाउन पहल गर्नुको लागि सुझाब दिन चाहन्छु | त्यसैगरी इजरायलवासी नेपाली कामदारको सुविधालाई ध्यानमा राखी पुन श्रम स्वीकृति र बिमा शुल्क बापत बुझाउन पर्ने शुल्क नेपाली दुतावासबाटै मिलाउने व्यवस्था गर्नको लागि अनुरोध गर्न चाहन्छु | उहाँको कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्दछु।

हामिले सोध्न बिर्सेको र तपाइलाई भनु मनलागेको तर छुटेको केहि शब्दहरु भए भन्नु सक्नु हुन्छ ?

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको सदस्यता लिएर पार्टीमा आवाद्ध हुन इच्छुक इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अन्तर्राष्ट्रिय नेपाली समाज इजरायल संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। पानाखबर युनिटलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।

मिति: २३ अषाढ २०७४ ,शुक्रवार / @ पानाखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution