हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

रिंगरोडमा ट्रक र टिप्पर सञ्चालनमा रोक

२७ असार, काठमाडौं । सरकारले भोलि (बुधबार)बाट काठमाडौंको चक्रपथ (रिंगरोड)मा पनि ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने ‘पिक’ समयमा रिंगरोडमा पनि ट्रक, टिप्पर र मिनि ट्रक रोक लगाउने निर्णय भएको हो ।

यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा रंगरोडमा ट्रक/टिप्परलाई सवारीलाई प्रवेश र सञ्चालन गर्न नदिने निर्णय गरेको हो । रिंगरोडमा पनि अब यस्ता सवारीले समयसीमा हेरेर मात्रै सवारी सञ्चालन गर्न पाउनेछन् ।

 

भोलि बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

२९.२ किलोमिटरको चक्रपथमा अब पिक आवरमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारवाही गर्ने पाण्डेले बताए ।

‘रिंगरोडमै पनि सवारी जामको समस्या उच्च भयो, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायत क्षेत्रमा जाम धेरै बेर हुँदा यात्रुले सास्ती पाए,’ पाण्डेले भने, ‘त्यसैले हामीले जाम हुने मुख्य समयमा ट्रक, टि्रप्पर मिनि ट्रकलाई चल्न नदिने निर्णय गर्‍यौं ।’

ट्रक तथा टिप्पर ब्यवसायी महासंघ, राष्ट्रिय यातायात ब्यवसायी महासंघ लगायतका सरोकारवा पनि सहभागी बैठकले यो निर्णय गरेको छ । रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ ।

अब ट्राफिक प्रहरीले पनि तोकिएको समयभित्र रिंगरोड आउने ट्रक/टिप्परलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ । साउन १ गतेदेखि बसहरु बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णय समेत भएको छ ।

अहिले बसपार्कबाट छुटेका बस कोटेश्वर हुँदै कलंकी जाने गर्दा पनि समस्या भएको सरकारको निष्कर्ष छ ।

पुराना बसपार्कबाट छुट्ने बस पनि सीधा आफ्नो रुटबाटै जानुपर्ने ब्यवस्था लागू हुँदैछ । यसबाट उपत्यकाको सवारी ब्यवस्थापनमा केही सुधार आउने अपेक्षा गरिएको प्रवक्ता पाण्डेले बताए । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution