इजरायलमा ३ वटा संस्था मिलेर २०४ औं ‘भानु जयन्ती’ एकै ठाउँमा मनाउने
तेलअविव – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) इजरायल र साहित्यिक चौतारी नेपालको संयुक्त आयोजनामा इजरायलको सुन्दर नगरी तेलअभिवमा आउँदो १५ जुलाई अर्थात असार २९ गतेका दिन पर्ने नेपाली भाषा, साहित्य तथा नेपाली लेखक कविहरूका आधार स्तम्भ आदिकवि भानुभक्त आचार्यको २०४ औं ‘भानु जयन्ती’को उपलक्ष्यमा भब्य साहित्यक कार्यक्रम हुने भएको छ |
नेपाली भाषा, कला र संस्कृतिलाई विश्वब्यापीकरण गर्नको निमित्त स्थापित भई वर्षौदेखि साहित्य र कला क्षेत्रमा समर्पित यी संस्थाहरूले पहिलोपटक एकै थलोमा उभिएर संयुक्तरुपमा तेलअविव स्थित लुना पार्कमा बिहान ठीक ११ बजे देखिमनाउन लागेका छन् |
आदिकवि भानुभक्त आचार्यको सम्झनामा ‘२०४ औं भानु जयन्ती’बृहत साहित्यक मनोरञ्जनात्मक कार्यक्रमका साथ ‘वनभोज’कार्यक्रम गरी मनाउने र सोही दिन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायलको ऐतिहासिक अधिवेशन पनि विविध सांस्कृतिक कार्यक्रमसहित भब्यरुपमा हुने भएको हुँदा इजरायलमा रहनु हुने सम्पूर्ण साहित्यक स्रष्टाहरु, साहित्य अनुरागी, कलाकार, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीज्यूहरु लगायतलाई कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ |
यसै गरी विश्व साहित्य महासंघ इजरायल शाखाले आउँदो १४ जुलाई २०१७ (शुक्रबार) एक कार्यक्रमको आयोजन गरी ‘२०४ औं भानु जयन्ती मनाउने भएका छन् | इजरायलमा २ स्थानमा भिन्नभिन्न भानु जयन्ती कार्यक्रम हुने भएको छ |
विश्व साहित्य महासंघ इजरायल द्वारा २०४ औ भानु जयन्ति मनाउदै