हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तर्साउन मात्र खोजेकी हुँ, खुट्टा त के भाँच्थें – रामकुमारी झाँक्री

 

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्री विवादमा तानिएकी छिन् । उनको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

 

सो अडियोमा उनले सभ्य नागरिकले बोल्नै नसुहाउने शब्दहरु प्रयोग गर्दै आफ्नो स्तरबाट तल ओर्लेर एकजना शिक्षकलाई थर्काएकी छिन् । बमबहादुर कुँवर नाम गरेका गुृल्मी जिल्लाको पुर्कोट गाविसका ती शिक्षक नेपाली कांग्रेस निकट हुन् । झाँक्रीको स्थायी घर पनि गुल्मी नै हो ।

अडियोमा झाँक्रीले कुँवरलाई गालीगलौज गर्दै खुट्टा भाँच्ने चेतावनी दिएकी छिन् । कुँवरले लेखेको फेसबुक स्टाटसमा आपत्ति जनाउँदै उनले धम्की दिएकी हुन् ।

‘तँ गधा ५ मिनेटमा यहाँ आउँछस् कि केटाहरु बोलाएर तेरो खुट्टा भाचौं ?’ झाँक्रीले भनेकी छिन् ।

यस प्रकरणबारे बुझ्न अनलाइनखबरले फोन सम्पर्क गर्दा झाँक्री फेसबुक स्टाटस लेख्न ठिक्क परेकी रहिछन् । उनले सामाजिक सञ्जालमा भाइरल भएको अडियो आफ्नो भएको स्वीकार गरिन् ।

झाँक्रीका अनुसार दोस्रो चरणको स्थानीय चुनावको पर्सिपल्ट १६ असारका दिन गुल्मीमा यो संवाद भएको हो । व्यक्तिगत रुपमा आफूले कुँवरलाई नचिन्ने उनको दावी छ ।

झाँक्रीले भनिन्, ‘फेसबुकमा मेरो विरुद्ध उनले जे-जस्ता पोष्ट गरेका छन्, त्यसको तुलनामा मैले गरेको गाली सामान्य हो । मैले सामान्य बोलीचालीको भाषा प्रयोग गरेकी छु ।’

चुनावको सेरोफेरोमा आफ्नो चरित्र हत्या गर्नेगरी कुँवरले थुप्रै फेसबुक स्टाटस लेखेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘चुनावका क्रममा मेरो नेतृत्वमा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको र म पक्राउ परेको जस्ता कपोलकल्पित कुराहरु उनले फेसबुकमा लेखेछन् र त्यसैलाई आधार मानेर केही अनलाइनहरुले समाचार बनाएछन् । त्यही कारण मैले उसलाई झपार्नु परेको हो ।’

अडियोमा झाँक्रीले फेसबुक स्टाटसको कुरा निकाल्दा कुँवरले ‘सुनेको आधारमा लेखेको’ जवाफ दिएका छन् ।

यस्तो कुरामा कानूनी प्रक्रियामा नगएर किन खुट्टा भाँच्ने कुरा गर्नुभयो भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भनिन्, ‘मैले कानूनको अध्ययन गरे, तर यो विषयलाई साइबर कानूनले पनि छुन नसक्ने निस्कर्षमा पुगेपछि त्यतातिर नलागेकी हुँ ।’

के साँच्चिकै खुट्टा भाँच्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले जोगिँदै भनिन्, ‘होइन, उसलाई तर्साउन धम्की मात्रै दिएकी हुँ, खुट्टा त के भाँच्थेँ ।’

झाँक्रीका अनुसार त्यस दिन कुँवरसित उनको यो दोस्रो फोन संवाद थियो ।

‘अघिल्लो संवादमा उनले ममाथि नानाथरी मुख छाडेका थिए, दोस्रोपटक चाहिँ रेकर्ड गरेका रहेछन् र विनम्र भई टोपले,’ उनले भनिन् ।

चुनावमा आफ्नो पक्षमा परिणाम नआएपछि कांग्रेसले कुँवरलाई प्रयोग गरेर आफूमाथि लाञ्छना लगाएको र केही अनलाइन मिडियाहरु पनि त्यसैको पछाडि दौडिएको बताइन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution