इजरायलमा नेपाली चेली गाडीको ठक्करबाट गम्भीर घाइते

तेलअविव – इजरायलको रिसोन लिजियोनमा कार्यरत झापा निवासी नेपाली केयरगिभर चेली इन्दिरा खड्का वृद्धआमालाई व्हिल चेयरमा लिएर क्लिनिक जाने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी छिन् | उनले हेर्दै आएकी ८८ बर्षिया वृद्धाको घटना स्थल मै मृत्यु भएको छ | घटना हिजो बिहान करिब ११ बजेतिर भएको थियो |
हाल घाइते इन्दिरा खड्काको असफाह रोफे हस्पिटलमा उपचार भईरहेको छ |