इजरायलमा सामुहिक तिज २०१७ मनाउन तिब्र तयारी

तेलअविव – प्रवासी भुमि इजरायलमा स्थापना भए र रहेका विभिन्न राजनैतिक /सामाजिक / धार्मिक/परोपकारी/जातीय/आदिवासी जनजाती लगायत इजरायलबाट संचालित सम्पूर्ण अनलाईन मेडियाहरु सम्पूर्ण संघ/संस्था/संगठन सबैको साझा मुल आयोजनामा बृहत सहभागितामा संयुक्त रुपमा महान पर्व हरितालिका तिज २०७४ को उपलक्ष्यमा विशेष “तीज संस्कृतिक मनोरंजनात्मक कार्यक्रम २०७४ भव्यताको साथ मनाउने तयारी अघि बढिरहेको छ |
आउँदो २५ अगस्ट २०१७ (शुक्रबार) सम्पन्न हुना गईरहेको कार्यक्रमलाई भव्य र सभ्य बनाउनका निमित्त दिपक ओलिको संयोजकत्वमा तीज व्यवस्थापन समिति गठन गरिएको छ |
कार्यक्रम तयारीको लागि बैठकहरु संचालनको सचिवको जिम्मा सानू गुरुङलाई दिईएको छ |यसैगरी आर्थिक व्यवस्थापन डम्ब गुरुङ , हल व्यवस्थापनमा दिपक ओलि,नितु खतिवडालाई जिम्मेवारी दिइएको छ |
अन्य विभिन्न समितिहरु तय गर्दै सम्पुर्णलाई समेट्दै बृहतरूपमा कार्यक्रम अगाडि बढाईने जानकारी सानु गुरुङले दिनु भएको छ | इजरायलमा रहेका र यस तिज बिशेष कार्यक्रममा सम्पर्क र सहभागितामा आउन चाहने सम्पूर्ण संघसंस्थाहरुलाई तिज बिशेष कार्यक्रमको मूल आयोजनामा आउनको लागि हार्दिक आव्हानको साथमा र अपिल गरेको छ ।
हाल सम्म सम्पर्क भएका संघसंस्था/संगठनहरुको नामावली यस प्रकार छन्,
1,गैर आवासीय सघ (एन आर एन इजरायल)
2,नेपाली जन सम्पर्क समिति इजरायल !!
3,नेवा खल इजरायल !!
4,नमस्ते नेपाल हातेमालो सामाजिक सस्था
5,प्रवासी नेपाली मंच इजरायल !!
6,संघीय समाजबादी फोरम नेपाल इजरायल !!
7,नारीका लागि नारी एक करोड एक रुपैया अक्षय कोष इजरायल !!
8,,अन्तराष्ट्रिय नेपाली समाज इजरायल !!
9,,प्रवासी नेपाली एकता समाज इजरायल !!
10,संघीय लिम्बूवान सामाजिक मंच इजरायल !!
11,विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा !!
12,अन्तराष्ट्रिय कलाकार समाज इजरायल
13,पर्वत सेवा समाज इजरायल !!
14,भोजपूर समाज इजरायल !!
15,झापाली समाज इजरायल !!
16,तुलसी मेमोरियल क्यान्सर इजरायल!!
17,हिन्दू जागरण इजरायल !!
18,कृष्ण प्रणामी इजरायल !!
19 ,प्रवासी सृजनशिल महिला समूह इजरायल !!
20 ,प्रवासी नागरिक समाज इजरायल !!
21 ,ओम जनजागरण इजरायल !!
22,तामाङ अनलाइन डट कम (फ्याफुल्ला मिडिया प्रा.लि.)
23 ,रुपन्देही समाज इजरायल !!
24, चितवान समाज इजरायल !!
25,तमू प्ये ल्हू संघ इजरायल !!
26,श्री सत्य साई केन्द्र !!
27,नारी आवाज इजरायल !!
28,मगर समाज ईजरायल !!
29,मातृभुमिका लागी पर्वत सेवा समाज !!