हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायल र भारत मिलेर आपसी समृद्धि निर्माण गर्ने – प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इजरेलको भ्रमण आरम्भ गरेका छन्, कुनै पनि बहालवाला भारतीय प्रधानमन्त्रीले इजरेलको भ्रमण गरेको यो पहिलो पटक हो।

इजरेल पुग्ने बित्तिकै बोल्दै प्रधानमन्त्री मोदीले दुबै देश मिलेर आपसी समृद्धि निर्माण र आतंकवाद विरुद्धको संघर्षमा पुर्याउन सक्ने सहयोगका बारे कुरा गरेका थिए।

दुबै देशले कृषि, प्रतिरक्षा र अन्तरिक्ष प्रविधिका क्षेत्रमा साझेदारीको घोषणा गर्ने अनुमान गरिएको छ।भारत र इजरेलबीच सन् १९९२ मा मात्र दौत्य सम्बन्ध स्थापित भएको थियो र हालसम्म कुनै पनि भारतीय प्रधानमन्त्रीले सो देशको भ्रमण गरेका थिएनन्।
यो हिसाबले पनि नरेन्द्र मोदीको इजरेल भ्रमण ऐतिहासिक बनेको छ।

भारतका प्रधानमन्त्रीको भ्रमणलाई इजरेलले दिएको उच्च महत्वलाई झल्काउने असामान्य कदमका रुपमा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्रधानमन्त्री मोदीको तीन दिने भ्रमणका क्रममा आयोजित थुप्रै कार्यक्रम र समारोहहरुमा उनीसंगै सहभागी हुने भएका छन्।

बीबीसीका दक्षिण एसिया सम्पादक चार्ल्स ह्याभिल्याण्ड भन्छन्, शितयुद्धको समयमा दिल्ली मस्को नजिक थियो र रुसजस्तै भारतपनि प्यालेष्टिनी राज्यको बलियो समर्थक रहेको थियो।
तर उनी भन्छन्, समय बित्दै जांदा यो सम्बन्धमा परिवर्तन आएको छ।

इजरेलले अर्बौं डलर बराबरको हतियार भारतलाई बेचेको छ र विगतमा चीन र पाकिस्तानसंगको लडाईंका बेला इजरेलले भारतलाई प्रतिरक्षा सहयोग दिएको थियो।
अब एकजना हिन्दु राष्ट्रवादी प्रधानमन्त्री सत्तामा आएका बेला भारत र इजरेलबीचको सम्बन्ध पूर्णत: सामान्य अवस्थामा पुगेको छ।

इजरेली पर्यवेक्षकहरु भन्छन्, दुबै देशबीच इस्लामिक कट्टरपन्थ र चिनीयां प्रभाव विस्तारको अवस्थाप्रति समान चिन्ता विद्यमान छ।

भारतका मुसलमान राजनीतिज्ञहरुले भने प्रधानमन्त्री मोदीले प्यालेष्टिनी प्रशासनको मुख्यालय रमल्लाहको भ्रमणलाई आफ्नो एजेन्डामा नराखेको भन्दै उनको कडा आलोचना गरेका छन्।

भारतले इजरेलबाट ड्रोन, रेडार, साइबर सुरक्षा तथा सन्चार प्रणालीहरु किनेको छ भने दुबै देशले मिलेर हवाइ प्रतिरक्षा प्रणाली पनि बनाएका छन्।

प्रतिरक्षा क्षेत्रबाहेक इजरेलले भारतमा कृषि उत्पादकत्व तथा खाद्य सुरक्षा बढाउनमा पनि सहयोग गरिरहेको छ।

बुधबार दुबै नेताहरुले इजरेल संग्रहालय तथा एउटा कृषि परियोजनाको संगै भ्रमण गर्ने अपेक्षा गरिएको छ। @ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution