हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट जेलमुक्त

तेलअविव – इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त हुनुभएको  छ । उनलाई जमानीमा मुक्त गरिएको हो । उनी भ्रष्टाचारको मुद्धमा जेलमा रहेका थिए ।

जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको  छ ।

उनी इजरायलका पूर्व प्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुन् । उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिँदा त्यहाँ ठूलो सङ्ख्यामा सम्वाददाता उपस्थित भएका थिए ।

तर उनले सम्वाददाताहरुलाई प्रतिक्रिया दिन मानेनन् । उनी जेलबाट बाहिर निस्किदाको तस्बिर लिन कैयौँ सम्वाददाताहरु बिहानै त्यहाँ पुगेका  थिए ।

कालो टिसर्ट लगाएर बाहिरिएका उनले सम्वाददाताहरुले प्रतिक्रियाका लागि गरेको सङ्केतको वास्ता गरेनन् र सरासर अघि बढेको थियो ।

एकहत्तर बर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री भएका थिए । उनीमाथिको भ्रष्टाचारको आरोप प्रमाणित भएपछि थुनामा राखिएको हो ।

उनलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो । उनलाई अदालतले २७ महिनाको जेल जिवनको सजाय सुनाएको थियो ।

तर जेल बस्नुपर्ने बाँकी अवधिका लागि उनले अब घरमै बस्नेगरी जमानी प्राप्त गरेका हुन् । यसबाट उनको बाँकी जेल बस्नुपर्ने अवधिमा एक तिहाई कमी आएको  छ ।

जेल जिवनमा कटौती गरी थुनुवाहरुलाई केही समय मिनाहा दिने बोर्डले उनमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह ब्यवहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले उनलाई जमानीमा मुक्त गरिएको हो  ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution