हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

स्थानीय तहमा चौथो शक्ति विजय गच्छदार कि उपेन्द्र यादव ?

१९ असार, काठमाडौं । दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो दल बन्ने दिशामा अग्रसर हुँदा कांग्रेस दोस्रोमै सीमित हुनुपर्ने देखिएको छ । माओवादीको तेस्रो स्थान सुरक्षित भइसकेको अवस्थामा अब स्थानीय तहमा चौथो शक्ति कुन होला ? राप्रपा चौथो शक्ति नरहने संकेत देखिएपछि यो प्रश्न उठेको हो ।

सोमबार बिहान ३३४ स्थानीय तहमध्ये करीब दुई तिहाईको परिणाम आउँदा चौथो स्थानका लागि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारी दिएका राजपा कार्यकर्ताहरु चार स्थानमा अग्रस्थानमा छन् ।

 

अहिलेसम्म संघीय फोरम ६ स्थानीय तह जितेर चौथो स्थानमा छ । फोरमले कपिलबस्तुको मायादेवी गाउँपालिका, रुपन्देहीका रोहिणी, मर्चवारी र गैडहवा गाउँपालिका, बाँकेका नरैनापुर गाउँपालिका, सुनसरीको भोक्राहा गाउँपालिका जितेको छ ।

रुपन्देहीका ३ स्थानीय तहमा फोरमले अग्रता लिइरहेको छ । एउटामा प्रतिस्पर्धा गरिरहेको छ । बाँकेको एउटा स्थानीय तहमा फोरम प्रतिस्पर्धामा छ । त्यस्तै सुनसरीमा पनि एउटा स्थानीय तहमा फोरमले अझै अपेक्षा गरेको छ ।

उता फोरम लोकतान्त्रिकले ४ स्थानीय तह जितेर पाँचौ स्थानमा छ । गच्छदारको गृहजिल्ला सुनसरीमा बर्जु गाउँप्ाालिका र दुहवी नगरपालिका जितेको छ भने नवलपरासीको सरावल र कैलालीको जानकी गाउँपालिका जितेको छ ।

फोरम लोकतान्त्रिक कैलालीको एउटा स्थानीय तहमा अग्रता लिइरहेका छ । त्यस्तै सुनसरी र मोरङका दुई स्थानीय तहमा अग्रता लिइरहेको छ । अग्रता लिएका ठाउँमा जित्न सकेमा उपेन्द्रलाई गच्छदारले टक्कर दिन सक्छन् ।

राजपाले चुनावमा भाग नलिए पनि राजपाका स्वतन्त्र उम्मेदवारहरु रुपन्देही र कपिलबस्तुका केही स्थानीय तहमा प्रतिस्पर्धामा अग्रस्थानमा छन् । तर राजपा चौथो स्थानमा आउने सम्भावना देखिन्न ।

अशोक राईसँगको एकता औचित्यहीन

संघीय समाजवादी फोरमले यसपटक अझ बढी परिणामको अपेक्षा गरेको थियो । तर पूर्वी पहाडमा फोरमको लज्जास्पद प्रदर्शन हुन पुग्यो । यो चुनावी परिणामले अशोक राईको संघीय समाजवादीसँगको एकीकरणले उपेन्द्रलाई कुनै फाइदा देखिएन ।

अशोक राई, रकम चेम्जोङ, हेमराज राई, अजम्बर काङमाङ, आङकाजी शेर्पा, रणध्वज कन्दङ्वा जस्ता ‘हेभी वेट’ नेताहरुको जिल्लामा संघीय फोरमले कुनै पनि स्थानीय तह जित्न सकेन । आदिवासी जनजाति बहुल ती जिल्लामा एमालेले अधिक तह जित्यो ।

भोजपुरको टेम्के मैयुम गाउँपालिकामा केन्द्रीय नेता रामसिंह राईलाई जिताउन संघीयले कांग्रेससँग तालमेल गरे पनि सकेन । त्यस्तै धनकुटामा कांग्रेससँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको फोरमले एउटा वडा अध्यक्षमा सिमित भयो ।

चर्का कुरा गर्ने आङकाजीको जिल्ला सोलुखुम्बुमा फोरमले कुनै पनि स्थानीय तहमा जमानत समेत जोगाउन सकेन । खोटाङमा एउटा वडा अध्यक्षमात्र जितेको छ । पूर्व पहाडमा अशोक राईहरुको प्रभाव समाप्त भएको यो चुनावले देखाएको छ ।

अशोक राईसँगको पार्टी एकता उपेन्द्रका लागि चुनावी गणितका हिसाबले फाइदाजनक नरहेको पहिलो चरणको चुनावमा पनि देखिएको थियो । पहिचानको राजनीतिक नाराले काठमाडौं उपत्यकाका नेवार मतदातामा कुनै असर गरेको देखिएन । त्यस्तै तामाङ र गुरुङ बाहुल्य रहेका ३ र ४ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले कतै पनि जित्न सकेन ।

बाबुराम भट्टराईको नयाँ शक्तिसँग मिलेर एउटै चुनाव चिन्हमा लडेपनि उपेन्द्रलाई कपिलबस्तुको एउटा गाउँपालिका बाहेक अन्य बाबुरामको भोटले कतै पनि जिताउन सकेको देखिएन ।

अब संघीय फोरमले २ नम्बर प्रदेशको नतिजामा धेरै अपेक्षा गरेको छ । मधेस आन्दोलनको मुख्य केन्द्र भएको र फोरमको संगठन पनि राम्रो भएको प्रदेश २ नम्बर नै हो । पछिल्लो समय फोरममा धेरै मान्छे प्रवेश गरिरहेकाले पनि फोरमले अहिले चौथो स्थान कायम राख्दै तेस्रो चरणमा राम्रो प्रदर्शन गर्ने रणनीतिमा छ ।@अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution