काठमाडौंमा आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

काठमाडौँ । काठमाडौंमा शनिवारबाट नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ ।
आदिवासी जनजातिहरुको सामाजिक परिवेशबारे बोध गराउने उद्देश्यका साथ ३ दिने महोत्सव आयोजना गरिएको हो । महोत्सवमा १८ वटा आदिवासी जनजातिको कथा समेटिएको चलचित्र प्रर्दशन हुनेछ ।
आदिवासी जनजाति चलचित्र महासंघले ५ सय भन्दा बढि चलचित्र मध्येबाट छनौट गरिएका १८ वटा चलचित्र महोत्सवमा प्रर्दशन भईरहेको छ । महोत्सवको उदघाटन गर्दै सभामुख ओनसरी घर्तीले आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिहरुको कला, भाषा, संस्कृति, भेषभुषा र साहित्यको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरिन् ।
उनले आदिवासी जनजातिहरुको इतिहास र वर्तमानलाई जोड्ने पुलको काम समेत महोत्सवले गर्ने उल्लेख गरिन् । सभामुख घर्तीले समाजको विद्यमान अवस्था र इतिहासको यथार्थ धरातलमा उभिएर चलचित्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति चलचित्र युवा महासंघका अध्यक्ष जीएस गुरुङले आदिवासी जनजाति चलचित्र नयाँ पुस्तालाई आफ्नो इतिहासबारे जानकारी गराउन सक्ने गरी निर्माण गर्नुपर्ने बताए । उनले हरेक चलचित्र निर्माण गर्दा मुलुकको ऐतिहासिक महत्वका विषयबस्तुलाई समेटनुपर्नेमा पनि जोड दिए ।