नेपालगञ्जमा एमाले चौथो स्थानमा

नेपालगञ्ज १६ असार – बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाले शुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा राप्रपाका डा धवलशमशेर राणाले ४ सय ८२ मत प्राप्त गरेका छन् ।
दोस्रोमा माओवादी केन्द्रका दामोदर आचार्यले ३ सय ४५ मतसहित पछ्याइरहेका छन् । नेपाली काग्रेसका शुरेशकुमार कनौडियाले २ सय ६४ मत ल्याएका छन् ।
सुरूवाती अग्रता लिएका एमालेका शम्सुद्धिन सिद्दीकी अहिले चौथो स्थानमा पुग्दै १ सय ८३ मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापामगर ४ सय ३२ मत सहित अग्रस्थानमा छिन् । राप्रपाकी रमारानी गुप्ताले ३ सय ३२ मत प्राप्त गरेकी छिन् । @ लोकान्तर |