हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

दोस्रो चरणको स्थानीय चुनावको नतिजामा कांग्रेस र एमाले बीच टक्कर

दोस्रो चरणको स्थानीय चुनावअन्तर्गत तीनवटा प्रदेशका ३ सय ३४ स्थानमा भएको निर्वाचनको मतपरिणाम धमाधम प्राप्त भैरहेको छ । अहिलेसम्मको परिणाम हेर्दा प्रमुख राजनीतिक दलहरूबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म ५ गाउँपालिकाको मतपरिणाम आइसकेको छ, जसअनुसार एमाले र कांगे्रसले दुई गाउँपालिकामा विजय हासिल गरेका छन् भने माओवादी केन्द्रले एक स्थानमा विजय प्राप्त गरेको छ ।

आज समीक्षित सबै पत्रिकाले निर्वाचन परिणामको समाचारलाई मुख्य महत्त्व दिएको देखिन्छ । नागरिक दैनिकले ‘एमाले र कांग्रेस प्रतिस्पर्धामा’ शीर्षक समाचारलाई महत्त्वका साथ लेखेको छ । समाचारमा बिहीबार राति साढे दश बजेसम्मको मतपरिणामअनुसार एमालेले अग्रता लिइरहेको उल्लेख छ । नागरिकको समाचारअनुसार एमालेले ६८ तहमा अग्रता लिइरहेको र कांग्रेस ५९ तहमा अगाडि रहेको छ ।

नागरिकमा ‘चुनावी रङ गाढा, आन्दोलन फिका’ शीर्षक दिएर मिथिलेश यादवले लेखेको समाचारमा प्रदेश नं. २ का जनताले चुनावमा भोट खसाल्ने मन हुँदाहुँदै पनि चुनाव बहिष्कारको ट्याग झुन्ड्याउनुपरेकोमा उनीहरूको मन मुर्झाएको उल्लेख छ । समाचारमा सिराहाको औरही गाउँपालिका हरकट्टी टोलका वीरेन्द्र शर्माको भनाइ छ, ‘‘राजपाले हामीलाई मत खसाल्ने अधिकारबाट वञ्चित गरायो, तर आफ्नै नेता कार्यकर्तालाई चुनावी रङबाट अलग राख्न सकेन ।’’

चुनावी परिणामको समाचारलाई राजधानीले ‘एमाले अगाडि, पछ्याउँदै कांग्रेस’ शीर्षक दिएर ब्यानर बनाएको छ । अन्नपूर्ण पोस्टमा गोविन्द परियारले लेखेको ‘कांग्रेस–एमालेबीच तीव्र प्रतिस्पर्धा’ शीर्षक समाचारलाई मुख्य बनाइएको छ । समाचारमा प्रारम्भिक मतगणना विवरण हेर्दा एमाले १०१, कांग्रेस ९३ र माओवादी केन्द्रले ३७ स्थानीय तहमा अग्रता लिएको छ ।

नयाँ पत्रिकाको समाचारमा ३३४ मध्ये ३०७ स्थानमा मतगणना जारी रहेको उल्लेख छ । नयाँ पत्रिकाले कपिलवस्तुमा राजपा पनि प्रतिस्पर्धामा रहेको, एमालेका सोलुखुम्बू जिल्ला सचिव वडा सदस्यमा पराजित भएको, कैलालीमा लोकतान्त्रिक फोरमको अग्रता रहेको बताइएको छ ।

नजिकिँदै एमाले र राजपा

अन्नपूर्ण पोस्टमा ‘एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी’ शीर्षक दिएर चिरञ्जीवी ढुंगानाले लेखेको महत्त्वपूर्ण समाचारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम घोषणा हुनुसँगै मुलुकको भावी राजनीतिक समीकरणमा उतारचढावको प्रयास सुरु हुने संकेत छ । समाचारमा एमाले तथा राजपा शीर्ष नेताहरूले देउवा सरकारको विकल्पको तयारीमा अनौपचारिक छलफल सुरु गरेको दाबी छ । समाचारमा असार २१ गते बस्ने बैठकमा राजपा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव राख्ने तयारी गरिरहेको उल्लेख छ ।

देउवालाई प्रधानमन्त्री चयन गर्दा पक्षमा मतदान गरेको राजपाले साउन १९ मा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी मोर्चाका सात घटकसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोख्दै आएको छ । दोस्रो स्थानीय तहको निर्वाचनका नाममा तराई–मधेसमा सेना परिचालन गरेको, शान्तिपूर्ण विरोधमा उत्रिएका कार्यकर्तालाई गिरफ्तार गरेको र गोली प्रहार गर्नेसम्मका कार्य गरेको आरोप राजपाले सरकारलाई लगाएको छ ।

हिमालय टाइम्सले राजपासँग सम्बन्धित एउटा समाचारलाई ‘राजपामा निर्वाचन पक्षधरलाई कारवाहीको तयारी’ शीर्षक राखेर मुखपृष्ठमा प्रस्तुत गरेको छ । राजपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र महामन्त्री तथा प्रमुख सचेतक वृजेश गुप्तालगायतका नेताहरू निर्वाचनकै क्रममा मतदान केन्द्रको निरीक्षण गर्न गएपछि राजपाले उनीहरूलाई कारवाही गर्ने भएको समाचारमा उल्लेख छ ।

प्रधानन्यायाधीशमा पराजुली सर्वसम्मत

कान्तिपुरको मुखपृष्ठमा ‘प्रधानन्यायाधीशमा पराजुली सर्वसम्मत’ शीर्षक एक कोलमको समाचार छ । संवैधानिक परिषद्को बिहीबारको बैठकले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सर्वसम्मतिले सिफारिस गरेको समाचारमा उल्लेख छ । यो समाचारलाई आज समीक्षित सबै पत्रिकाले स्थान दिएका छन् ।

शर्मासँग ३ अर्ब धरौटी माग

कान्तिपुरलगायत सबैजसो पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासँग ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरेको समाचारलाई महत्त्वका साथ लेखेका छन् ।

तस्बिर समीक्षा

हिमालय टाइम्समा नारायणगढ–मुग्लिन सडकखण्डमा जाममा फसेका यात्रु तथा सवारी साधनको तस्बिरलाई मुख्य बनाइएको छ ।

कान्तिपुरमा दाङको घोराही उपमहानगरपालिकामा बिहीबार मतगणना गरिँदै गरेको तस्बिर छ ।

अन्नपूर्ण पोस्टमा अछाम जिल्लाको सदरमुकाम मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलसेन नगरपालिकाको मतगणना गरिँदै गरेको तस्बिर छ ।
राजधानीमा विराटनगर महानगरको मतगणना सुरु हुँदै गरेको तस्बिर छ ।

गोरखापत्रमा राष्ट्रिय धान दिवसका अवसरमा बिहीबार भक्तपुर सूर्यविनायकमा रोपाइँमा रमाउँदै गरेका महिलाहरूको तस्बिर मुख्य छ ।

 

सम्पादकीय

आजका केही पत्रिकाले धान दिवसको सन्दर्भ लिएर सम्पादकीय लेखेका छन् भने केहीले चुनावी सन्दर्भलाई महत्त्व दिएका छन् ।

हिमालय टाइम्सले ‘धानखेतीमा बढ्दो चुनौती’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीय राष्ट्रिय धान दिवसको सन्दर्भमा केन्द्रित छ ।

नयाँ पत्रिकाको सम्पादकीयको शीर्षक छ, ‘धान दिवस ः धनधान्य दिवस’ । सम्पादकीयमा भनिएको छ, ‘‘धान दिवस मनाइरहँदा अब धानको सघन उत्पादन क्षेत्र किटान गर्ने र सिँचाइ सुविधा विस्तारमार्फत प्रतिहेक्टर उत्पादकत्व दोब्बर गर्नेतिर लाग्नुपर्ने देखिन्छ ।’’

गोरखापत्रले ‘धानमा आत्मनिर्भरताको बाटो’ शीर्षक सम्पादकीय लेखेको छ ।

कान्तिपुरमा ‘उत्साहजनक सहभागिताको अर्थ’ शीर्षक सम्पादकीय लेखिएको छ । सम्पादकीयमा दुई चरणको स्थानीय निर्वाचनमा मतदाताले देखाएको विश्वास प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि प्रेरकसमेत हो भन्ने टिप्पणी गरिएको छ ।

अन्नपूर्ण पोस्टले ‘दोस्रो चरण’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयको अन्त्यमा भनिएको छ, ‘‘सम्भवतः वर्तमान संविधानका अपूर्णता र अव्यावहारिक पक्ष सुधार्नसमेत जनताको यो उत्साह र सहभागिताले महत्त्वपूर्ण दबाबका रूपमा काम गर्नेछ, आगामी दिनमा ।’’

राजधानीले स्थानीय तह निर्वाचनको दुई चरण पूरा भएपछि अब प्रदेश र केन्द्रको निर्वाचनमा ध्यान केन्द्रित हुनुपर्ने बताउँदै ‘अर्जुनदृष्टि प्रदेश–केन्द्र निर्वाचन’ शीर्षक सम्पादकीय लेखेको छ ।

नागरिकमा दाङ जिल्लामा हातैले बम फ्याँकेर चर्चामा आएका हबल्दार दुर्गाबहादुर रानाको साहसको प्रशंसा गर्दै ‘सलाम हबल्दार सा’ब !’ शीर्षक सम्पादकीय लेखिएको छ ।@ बार्ह्खरी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution