नयाँ शक्ति र फोरमको संयुक्त गठनबन्धनको बिजयीको शुरुवात

फर्साटिकर (रुपन्देही) – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी गठनबन्धनले रुपन्देही जिल्लास्थित सुद्धोधन गाउँपालिका वडा नं. १ बाट विजयी सुरुवात गरेकाे छ ।
सुद्धोधन गाउँपालिका वडा नं. १ मा दुई दलको संयुक्त गठनबन्धनको तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल)सहितको संयुक्त प्यानल विजयी भएको छ । विजयी हुनेहरुमा बाबुराम पालसहित गाउरा लोनिया, सुशिला कुमारी चमार, सन्तराम लोनिया र बालकृष्ण मल्लाह रहनुभएको छ । वडा अध्यक्षमा विजयी पालले ८४९ मत ल्याउनुभएको छ ।
वडा नं. १ को अन्तिम मत परिणाम सार्वजनिक भएसँगै संयुक्त गठबन्धनले विजयी उत्सव मनाउन थालेको छ । संयुक्त गठबन्धनले बाजागाजासहित विजयी उम्मेदवारहरुलाई नगरपरिक्रमा गराउने तयारी गरिरहेको नयाँ शक्तिका संघीय परिषद् सदस्य पदम बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
वडा नं. १ को मतगणना सकिएको भए पनि औपचारिक घोषणा भने केहीबेरमा हुने सहायक निर्वाचन अधिकृत झविलाल भट्टराईले बताउनुभएको छ ।
सुद्धोधन गाउँपालिकामा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा हरि प्रसाद पालले ६९९ मत र उपाध्यक्षमा सूर्यलक्ष्मी विकले ७४५ मतसहित अग्रता हासिल गर्नुभएको छ भने नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार भगवती प्रसाद थारुले ६८८ र उपाध्यक्ष उम्मेदवार रामेश्वरी सिंह ठकुरीले ६३१ मत प्राप्त गर्नुभएकाे छ ।