एमालेको ‘किल्ला’ मा कांग्रेसको अग्रता

इटहरी –नेकपा एमालेको किल्ला नै ठानिने इटहरी उपमहानगपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
शुक्रवार बिहानसम्मको ताजा मत परिणाम अनुसार, इटहरी उपमहानगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाइँले ७ सय ६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार द्धारिकालाल चौधरीले ६ सय ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उक्त उपमहानगरबाट मेयरकै प्रतिस्पर्धी राप्रपाका रोहितकुमार कार्कीले १ सय २५ मत ल्याएका छन् ।
मत परिणाममा आफ्नो अग्रता देखिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले बिजयको यो अग्रता अन्तिम समयसम्म कायम रहने दावी गरिरहेका छन् ।
नेकपा एमालेले भने कांग्रेस बाहुल्य वडामा कांग्रेसको अग्रता स्वभाभिक रहेको बताएका छन् ।
इटहरी कांग्रेस सभापति हेमकर्ण पौडेलको वडा नम्बर एक र वडाध्यक्षका उम्मेदवार समेत रहेका मणिरामश्रेष्ठको वडा नम्बर २० को गणना भइरहेकोले यसले अन्तिम नतिजालाइ फरक नपार्ने एमाले इटहरीका प्रचार विभाग प्रमुख नवराज नेपालले बताएका छन । ‘इटहरीमा कांग्रेसले बलियो आधार बनाएका क्षेत्रहरु भनेका वडा नम्बर एक र २० हुन् र त्यस्तो ठाँउमा पनि एमालेसँग समान स्थरको मत आउनु भनेको राम्रो संकेत हो’, नेपाल भन्छन, ‘इटहरीका निर्णायक वडाहरु चार, पाँच, आठ र अन्य वडामा एमाले भारि फरकले अगाडि हुन्छ ।’
कुल ७७ हजार ६ सय ७७ मतदाताहरुमा इमटहरीमा ७३ दशमलब ८५ प्रतिशत अर्थात ५७ हजार ३ सय ७९ मत खसेको थियो ।
जसमध्ये वडा नम्बर एकका २ हजार ७ सय ३८ मतदातामा ७६ प्रतिशत अर्थात २ हजार १ सय ८ मत खसेको थियो । त्यस्तै, ६ हजार ६ सय १५ मतदाता रहेको वडा नम्बर विषमा ६९ प्रतिशत अर्थात ४ हजार ६ सय २८ मत खसेको थियो ।
एमाले श्रोतका अनुसार, गणना भइरहेका वडा नम्बर २० र एकमा कांग्रेसले एक हजार मतको हाराहारीको मतले अग्रता कायम गर्दा पनि बाँकी पकेट क्षेत्रले त्यो कभर हुने बताँउदै आएका छन । उता, नेपाली कांग्रेस इटहरीका नेताहरु भने कांग्रेसले दुइ वडामा लिएको अग्रता अन्तिम समयसम्म रहने पक्षेपण गर्दै आफ्नो जित हुने तर्क गरिरहेका छन ।@ लोकन्तर |