हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

गाई सुरक्षाको नाममा मान्छे मार्न पाइदैन : प्रधानमन्त्री नरेन्द्र मोदी

भारत । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो ।

सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा गरिएको एक समारोहमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री मोदीले भने, राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ ।

भारतीय प्रधानमन्त्रीले भने, आउनुस् सबैजना एक भई अघि बढौँ र महात्मा गान्धीका सपनाअनुरुप राष्ट्रको विकासमा लार्गौँ । स्वतन्त्रताका लागि सङ्घर्ष गरेको सपुतलाई खुशी पारौँ ।

राष्ट्र हित र कानुन विपरित काम गर्न राष्ट्रमा कसैलाई पनि अधिकार छैन, प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाईको संरक्षणका नाममा भएका विभिन्न घटनामा धार्मिक हिंसा बढेको समयमा आएको हो । गत हप्ता मथुराका लागि हिँडेको रेलमा हिँडेका एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उनका परिवारजनलाई ‘अराष्ट्रवादी’ ‘गाई खौवा’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध हजारौँ भारतीयले मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि प्रधानमन्त्रीले सबैलाई संयमता अपनाउन आफ्नो सम्बोधनका क्रममा आग्रह गरे ।

हिंसाले न कहिल्यै समस्या समाधान गरेको थियो । न गर्ने नै छ, समाजमा हिंसाका लागि कहिँ ठाउँ छैन, प्रधानमन्त्री मोदीले भने । रासस÷पीटीआई






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution