दार्जिलिङ आन्दोलन र नेपालको सरोकार -डा.कृष्ण कुमार तामाङ

डा.कृष्ण कुमार तामाङ
दार्जिलिङ फेरी आन्दोलित भएर सार्वजनिक संजालमा छाएको छ । यस अघि पनि यस्ता अशान्त र उग्र आन्दोलनहरु विभिन्न आश्वासनले मत्थर भएका थिए । भारतकै अरु प्रान्तहरुमा स्थानिय जनताका माँग बमोजिम बेग्लै प्रान्तिय राज्यका स्थापना भए । बेलायती उपनिवेशबाट ९सन् १९४७ अगष्ट १५रविक्रम संवत २००४ श्रावण ३१० भारत स्वतन्त्र भएयता भारतभित्रै थप चौध राज्यहरु जस्तै, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, आन्ध्रप्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, केरला, मणिपुर, त्रिपुरा, मिजोराम, नागालैण्ड, सिकिकम, उत्तराखण्ड, र तेलङगाना उदय भएका छन् । दाजिलिङले सिंगापुर, कोसोभो, र क्रिमिया जस्तो छुट्टै सार्वभौमसत्ता अखण्ड राज्य चाहेको होइन । भारतकै अरु प्रान्त जसरी रहन चाहन्छ भन्ने विषय भारतीय सरकार, राज्य र जनतालाई संदेश पुगेको देखिदैंन । दाजिलिङे बाहेक अन्य समस्त भारतीयहरुले नेपालीभाषीहरु नेपालको विस्तारिकरण गर्न उद्दत रहेको देख्ने गरेका छन् ।
गोर्खालैण्डको शाव्दिक अर्थ गोर्खाको भूमि अर्थात नेपाल हुन्छ । अतः गोर्खालैण्ड भारत सरकारले स्विकार्नु भनेंको बेलायती उपनिवेशकालमा भारतलाई प्राप्त भएको नेपाली भूमिको आधिपत्य नेपाललाई र्फिता दिनु सरह हो । यदि यस्तै कुनै तरिकाले नेपालको भूमि फिर्र्ता दिएको जस्तो गरिए भारतले नेपालको दक्षिणी र पश्चिमी भूभाग पनि छाडन् पर्ने स्थिति आउन सक्दछ । नेपालले अन्तर्राष्ट्रिय अदालतमा दार्जिलिङ फिर्ता पाउन दाबी गर्न सक्ने अधिकार गुमाएको छैन भन्ने भ्रम बहुसंख्यक नेपाली र केही भारतीयहरु माझ रहेको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा नेपाल बिरुद्ध ब्रिटिश इष्ट इण्डिया कम्पनीले ९सन् १८१४—१६रविसं १८७१—७३० भारतको बनारस, मेरठ, दिनापुर र लुधियानाका डिभिजनहरुबाट चौतर्फि हमला गरेको थियो । नेपाली सेनाले लडाई जित्दै गर्दा तत्कालीन शासकले सुगौली सन्धिमा९सन् १८१५ डिसम्वर २रविसं १८७२ मंसिर १९० हस्ताक्षर गरे । त्यसबाट नेपालले पश्चिमको गढवाल, देहरादूनदेखि पूर्वको दार्जिलिङ र सिक्किम छाडनु परेको थियो ।
अहिले दार्जिलिङवासीहरुको माँग दोहोरो अर्थ लाग्ने जस्तो देखिन्छ । छुट्टै राज्य गोर्खालैण्ड चाहियो भन्दै गरेको आन्दोलन वास्तविक माँग भन्दा विषयान्तर भएको भान हुन्छ । गोर्खा शव्द आफैमा ऐतिहासिक र नेपाली हो । नेपाली र गोर्खाली एक अर्काका पर्यायवाची शव्द हुन् । विश्वभर छरेर रहेका नेपालीभाषीहरु लगायत दार्जिलिङेहरु निसन्देह नेपाली मूलका हुन् । सिक्किमका वर्तमान मुख्यमन्त्रि पवन चाम्लिङको स्विकारोक्ति मिडियामा९युट्युब०सर्वत्र हेर्न सकिन्छ । अब उनिहरुको परिचय र पहिचान भारतीय बनि सकेको अवस्था छ । दार्जिलिङका वासिन्दाहरुले गोर्खाली नातामा गर्व गर्नु स्वाभाविक अधिकार हो । गर्व गर्नु र दावी गर्नु फरक विषय हुन् । सबै नेपाली गोर्खाली र सबै गोर्खाली नेपाली हुनै पर्छ भन्ने अनिवार्य छैन, कसैले नचाहेर वा चाहेर पनि नहुन सक्छ । नेपाली राष्ट्रवाद र राष्ट्रियता हो अर्को शव्दमा नागरिकता भन्दा फरक पर्दैन । गोर्खाली एक नामवाचक नेपालीको पर्यायवाची विशेषण हो ।
प्राचीन समयदेखि गुरु गोरखनाथको नामाकरणले नेपालको एक जिल्ला गोर्खा रहेको छ । नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाह त्यसै गोर्खाका राजा९सन् १७४२रविसं १७९९० भएदेखि प्रसिद्धिको शिखर पुगेको उपमा गैरनेपाली अरुकसैले प्रयोग गर्न मिल्दैन । धेरै पटक इष्ट इण्डिया कम्पनीले नेपाल कव्जा गर्न नसकेर गोर्खाली फौजसंग पराजय भोगेको थियो । हाल भारतमा देहरादूनको नालापानी युद्ध९सन् १८१४ अक्टुवर ३१—नवम्वर ३०रविसं १८७१ कार्तिक १७—मंसिर १७० भएको रणभूमिमा इष्ट इण्डिया कम्पनी निर्मित नेपाली सेनाको वीरगाथाको प्रशंसायुक्त स्मारिका विश्वका वीरहरुका लागि तिर्थस्थल बनेको छ । नेपाली सेनाको बहादुरीबाट प्रभावित इष्ट इण्डिया कम्पनीले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरु नेपालबाट लिएर पनि फिर्ता दिएको थियो । इष्ट इण्डिया कम्पनीले भारतको साम्राज्य छाडेर जाँदा नेपालसंग भएगरेका सन्धि खारेजी र हड्पेका भूभाग फर्काइदिने कुरा चल्दा तत्कालीन राणा शासक वर्गले वृहत् क्षेत्रफलको नेपाल आफ्ना भाईभारदारहरुबाट शासन चलाउन ठूलो र झंझटिलो हुने भनि अरु कुनै लुटिएको भाग फिर्ता लिन नचाहेको साक्षी इतिहास छ ।
अर्कातर्फ विश्व परिवेश नियाल्दा अंग्रेजी अधिकांश देशहरुको प्रचलित राष्ट्रिय भाषा बनेको छ । बेलायत, अमेरिका, कानाडा, अष्ट्रेलिया र अरु सयौं देशमा अंग्रेजी भाषा कायम भएता पनि तिनलाई अर्का देशको नाम नकल र सापट गर्नु परेको छैन । नेपाली भाषा दाजिलिङ लगायत देहरादून, नैनिताल, सिकिकम, अन्य भारतीय प्रान्तहरुमा पनि बोलिन्छ । अरु कैयन् मुलुकहरुमा ठुलो संख्याका नेपालीभाषीहरु छन् जस्तै सिंगापर, हङकङ, ब्रुनाई, युके, अमेरिका आदि । यी सबै गोर्खाली वंशका वाहक बनि ब्रिटिश गोर्खा, भारतीय गोर्खा आदि नामले पूर्खाको नाम र शान धानि राखेका छन् । तसर्थ नेपालको समअर्थी र विरोधाभाष हुने गोर्खा शव्दको मोह त्यागे दाजिलिङ केन्द्रित आन्दोलनको नाममा थोरै फेरबदलले परिणाम ल्याउने आशा जगाउन सक्दछ । दार्जिलिङलाई गोर्खालैण्डको संज्ञा कदापि कुनै तर्कमा सही मान्य हुन सक्दैन । प्रजातान्त्रिक मुलुक भारतमा सिंगापुरको जस्तो ख्याती भएको प्रकृतिको अनुपम सौन्दर्यको धनी दार्जिलिङ आन्दोलनको निकासमा शायद यिनै कारण अदृश्य वाधक वनेको हुन सक्दछ ।
लेखक डा. तामाङ पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवं सुरक्षाविद् ,पत्रकार तथा अपराध शास्त्रविद् पनि हुनुहुन्छ ।