अधिकारको लडाइ अझै बाँकी छ : पर्शुराम तामाङ

सन्तोष क्षत्री – दोहा कतार |व्यवस्था परिवर्तन भए पनि नेपालीको अवस्थाको परिवर्तन हुन नसकेकोले अधिकारको लडाइ अझै बाकी रहेको नया शक्ति नेपालका रािष्ट्रय मामिला संयन्त्र संयोजक पर्शुराम तामाङले बताउनु भएको छ ।
अन्तराष्ट्रिय नेपाली समाज कतारको आदिवासी जनजाती विभागको प्रथम अधिवेशनको सोमबार दोहा कतारमा उदघाटन गर्दे तामाङले दिशा विहिन सत्तामा मात्र केन्द्रित राजनितिको कारण ब्यवस्था परिवर्तन भए पनि जनताले दुख पाईरहेकोले परिवर्तनको लडाइ अझै बाकि रहेको बताउनु भयो ।
विदेशमा रहेका युवाले पठाएको रेमिटयान्सले देशको अर्थतन्त्र धानिएकोले देशको आर्थिक विकासको लागि राष्ट्रलाई केन्द्रमा राखेर जसको निति र कार्यक्रम छ उसैको नेतृत्व आवश्यक रहेको बताउनुभयो । प्रत्येक उन्नत देशमा त्यहाको युवाको नेतृत्व रहेको भन्दै तामाङले बहुराष्ट्रवाद, समावेशी र आर्थिक विकास अबको गनतव्य रहेकोले नेपालमा पनि ठुला दलको सिन्डिकेट तोडेर युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
कतारमा रहेको विभिन्न संघ संस्थाकाका प्रमुख तथा प्रतिनिधको सहभागिता र विभिन्न सास्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज कतारका संयोजक विवि खराल, गैर आवासिय नेपाली संघका अध्यक्ष विनेश तामाङ, जनसम्र्पक समितिका सह–महामन्त्री केदार भुषाल, नेपाली संघिय समाजका अध्यक्ष डिएन मगर, अन्तराष्ट्रिय नेपाली समाज कतारका संगठन विभाग प्रमुख लाल भट्ट, नेपाल मगर संघका प्रथम अध्यक्ष शेर बहादुर रोका मगर लगाएतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न संगठनबाट अन्तराष्ट्रिय नेपाली समाज कतारमा आवद्ध हुनुभएको नव प्रवेशीहरुलाई प्रमुख अतिथि नया शक्ति नेपालका रािष्ट्रय मामिला संयन्त्र संयोजक पर्शुराम तामाङ, अन्तराष्ट्रिय नेपाली समाज कतारका संयोजक विवि खराल, संगठन विभाग प्रमुख लाल भट्ट लगाएतले स्वागत गर्नुभएको थियो ।
आदिवासी जनजाती विभागका संयोजक दिलिप लोप्चनको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत निमा तामाङ र सञ्चालन विक्रम तामाङले गर्नुभएको थियो ।
यसैबिच अधिवेशनले निमा योन्जन तामाङको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ समितिको उपाध्यक्षमा पेमा तामाङ(रुम्बा), सक्षम दोङ तामाङ, महासचिव निरकाजी तामाङ, सचिवमा अनिश मोक्तान तामाङ, सहसचिव धन श्रेष्ठ, कोषाध्यक्ष मोहन ब्लोन तामाङ रहनुभएको छ ।
समतिको सदस्यमा दिपेश लोप्चन तामाङ, कुमार गुरुङ, श्यामलाल तामाङ, रोहना ग्लान तामाङ, राजु तामाङ, सुवास बल तामाङ, प्रेम मार्का तामाङ, शर्मिला श्याङबो तामाङ, रन्जीता तामाङ, सिरचन तामाङ, अस्मिता गोले तामाङ, भिम तामाङ रहनुभएको थियो । यस्तै समितिको प्रमुख सल्लाहकारमा दिलिप लोप्चन तामाङ, सल्लाहकारमा निमा तामाङ र पुष्प मोक्तान रहनुभएको छ ।
कार्यक्रममा अधिवेशन बाट निर्वाचित नया नेतृत्वलाई अन्तराष्ट्रिय नेपाली समाज कतारका महासचिव मोहमुद कार्कीले बधाई ज्ञापन गर्नुभएको थियो ।