हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जलविद्युत निर्माणमा कुलमान घिसिङले ल्याए नयाँ योजना

काठमाडौं। रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने (रन अफ रिभर) खिम्तीखोलालाई थुनेर देउराली भ्यालीमा एक हजार मेगावाटको जलाशययुक्त जलविद्युत निर्माण हुने भएको छ।

रामेछापको उत्तरी क्षेत्रमा रहेको ठोसेस्थित गर्जाङ देउराली भ्यालीमा यो जलविद्युत निर्माण हुनेछ।नेपाल विद्युत प्राधिकरणले आयोजनाको प्रारम्भिक सम्भाब्यता अध्ययन अघि बढाएको छ।विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले गत महिना स्थलगत अध्ययन गरिसकेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रारम्भिक सम्भाब्यता अध्ययन अघि बढाएको बताए।

‘रन अफ रिभर’ रहेको खिम्तीखोला हिमनदी हो। यसको उद्गमस्थलभन्दा केहि तल रिजर्भवायर ‘ड्याम’ बनाएर गर्ज्याङ देउराली भ्यालीको बस्ती विस्थापित गरेर आयोजना निर्माण गर्न सकिने देखिएको छ, उनले भने।यो आयोजना बनाउन त्यहाँ रहेका ६ सय परिवारलार्इ स्थानान्तदरण गर्नुपर्छ। खोलामा पानीको बहाव कम भएपनि आयोजनाको हेड १५ सय मिटर हुने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए।

उनले एक वर्षभित्रै सम्भाब्यता अध्ययन सकेर वातावरणीय मूल्यांकनमा लैजाने बताए। ‘सरकारले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धी अवधारणा तथा कार्यपत्र-२०७२’ मा समेत समावेस गरिएको यो आयोजनालाई उर्जा मन्त्रालयले प्राधिकरणलाई निर्माणको जिम्मा दिएको थियो।

देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्ने उदेश्यले उत्पादन, प्रशारणलाईन विस्तार तथा प्रशासनिक, प्रक्रियागत एवं कानुनी सुधारका लागि तत्परताका साथ काम अगाडि बढाउने उक्त कार्यपत्रको निर्माण भएको थियो। उर्जा मन्त्रालयले नीतिगत निर्णय तर्फ ‘ग्रिड इम्प्याक्ट स्टडी’ र ‘टेक एण्ड पे’ को प्रावधान राखी विद्युत खरिद सम्झौता सम्पन्न गर्ने निर्णय भइसकेको छ भने जलाशययुक्त आयोजनाहरु निर्माणको लागि स्रोत व्यवस्थापन गर्ने बारे आयोजनालाई इन्जिनियरिङ ‘प्रोक्रुमेन्ट कन्स्ट्रक्सन फाइनान्स’को अवधारणामा निर्माण गर्ने योजना रहेको छ।

 

जलविद्युत निर्माण गर्दा यो बस्ती हटाउनुपर्छ

आगामी २०८२ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाका लागि आर्थिक स्रोत व्यवस्थापनको काम छिट्टै सुरु गरिने उनले बताए।सुरुमा पाँच सय मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्ने योजना रहेको प्राधिकरणले स्थलगत अध्ययनपछि दोब्बर बनाउन सकिएको देखिएको घिसिङले बताए।

खिम्ती र खिम्ती -२ पनि रिजर्भवायर हुने, क्षमता बृद्धि हुने
ठोसेस्थित गर्ज्याङ भ्यालीमा हजार मेगावाटको आयोजना निर्माण भएमा हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना र निर्माणाधीन खिम्ती- २ आयोजना पनि रिजर्भवायरवाट चल्नेछन्।

खोलाको माथिल्लो स्थान (ठोसे)मा रिजर्भवायरको निर्माण भएपछि त्यहीबाट निस्किएको पानीलाई खिम्ती -२ र खिम्ती आयोजनामा क्रमश पानी झार्ने र उक्त आयोजनाहरु रिजर्भवायरबाट चल्ने घिसिङले बताए।’हाम्रो योजनाअनुसार काम भयो भने हाल निर्माण भइरहेका खिम्ती- २ र खिम्ती जलविद्युत आयोजनालाई फाइदा पुग्नेछ, घिसिङले भने ‘बर्षायाममा ती आयोजनाले अधिकतम जति मेगावाट उत्पादन क्षमता राख्थे हिउँदमा पनि सोही अनुपातमा विद्युत उत्पादन गर्न सक्छन्।’

रिजर्भवायर भएपछि त्यहाँ बर्षातको समयको पानी जम्मा भएर बस्ने र हिउँदको ‘पिक सिजन’मा चाहे अनुसारले पानीको व्यवस्थापन गर्ने सकिने घिसिङले बताए।उनका अनुसार विद्यमान खिम्ती र खिम्ती -२ ले उत्पादन क्षमता बढाउने र आम्दानी बढी भएपछि ती कम्पनीसँग भएको विद्युत खरिद सम्झौता (पिपिए)लाई परिमार्जन गर्न सकिनेछ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution