एनआरएन इजरायलको कार्य समिति भंग,सुवास खरेलको संयोजकमा निर्वाचन समिति गठन

तेलअविव – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको कार्य समिति भंग भएको छ | कार्यसमिति भंग भए लगतै गैर आवासीय नेपाली संघ आईसीसीका इजरायल सदस्य सुवास खरेललाई निर्वाचन समितिको संयोजकको जिम्मा दिएको छ |
गत हप्ताको २३ जुन २०१६ शुक्रबार पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिएको छ | निर्वाचन समितिमा अन्य थप ५ जना सदस्यहरुको चयन गरि आउँदो २६ अगस्ट २०१६ (शनिबार)को दिन निर्वाचन सम्पन्न गर्ने भएको छ |
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको सदस्य लिनु भई सबैलाई निर्वाचनमा सहभागी हुना निर्वाचन समितिका संयोजक सुवास खरेलले हार्दिक आव्हान गरेका छन् |