स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

असार -११,याम्बु |ढ्रुक्पा कार्ग्यु परम्पराको बौद्ध धर्म गुरु ९ औ अवतार पावन शरण नायक ग्याल्वा दोखाम्पा (खाम्टुल रिन्पोछे) को नेतृत्वमा बौद्ध धर्मलम्बीहरुको ठुलो र महत्वपूर्ण धर्मिक पर्व सागा धावा समापनको सुखद उपल्क्षयमा लिभ टु लभ इन्टरनेसन्लको सहयोगमा ढ्रुक्पा नेपाल र योङ्ग ढ्रुक्पा एसोसिएसन नेपालले स्वयम्भु माहाचैत्यको १३ पटक कोरा (परिक्रमा) र सरसफाई कार्यक्रमको २०७४ आषाढ ९ गते शुक्रबार र १० गते शनीबार स्वयम्भुमा आयोजना गरी सम्पन्न गरिएको छ |
कार्यक्रममा नेपालका ढ्रुक्पा कार्ग्यु परम्परालाई मान्ने ६५ वटा भन्दा बढि गुम्बा विहारहरुको हजारौ लामा, भिक्षु र भिक्षुणि सहित सर्वसाधारण भक्तजनहरुको सहभागिता रहेको थियो । यस प्रकारको विशेष कार्यक्रम नेपालमा पहिले पटक आयोजना गरेको हो । यस कार्यक्रममा विश्व शान्ति, सुख, सदभाव र संवृद्धीको कामना गर्दै स्वयम्भु बुद्धपर्क परिसरमा १० हजार ओटा मारमे (घ्यु बत्ती) दिप प्रजवल्न गरियो । यसै गरि पावन शरण नायक ग्याल्वा दोखाम्पा (खाम्टुल रिन्पोछे) सहित सहभागिहरु सबै जनाले ९ गते शुक्रबार राति परेको ठुलो पानीको समेत प्रबाह नगरि माहाचैत्यको १३ पटक कोरा (परिक्रमा) पुरा गरियो। कोरा (परिक्रमा) गर्दा भगवान अवलोकेतेश्वरको १० करोड मन्त्र उचारण गरि जप समेत गरिको थियो । शनिबार १० गते बिहान स्वयम्भु परिसरको हजारौ लामा, भिक्षु र भिक्षुणि सहित सर्वसाधारण भक्तजनहरु र का. मा. न. पा. वडा नं १५ का सम्पुर्ण सरसफाई टोलीले संयुक्तरुपमा सरसफाई गरिएको थियो |
अन्तमा यस कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु सम्पुर्ण सहभागि संघ, संस्थाको सदस्यहरु, र सम्पुर्ण सहभागि भक्तजनहरु र विभिन्न संचार माध्यमका संचारकर्मीहरु, कार्यक्रम अवधि भर सुरक्षा प्रदान गर्नु हुने महानगर प्रहरी बृत स्वयम्भुको सम्पुर्ण सुरक्षाकर्मी, लगायत सरसफाई कार्यक्रममा सहभागि हुनु हुने का. मा. न. पा. वडा नं १५ का सम्पुर्ण सरसफाई टोलीका सदस्यहरुलाई आयोजकको तर्फबाट कार्यक्रम संयोजक छिरिङ डेका शेर्पाले हार्दिक धन्यवाद व्यक्त गरेका थिए |
सागा धावा भनेको के हो त?
“सागा धावा” सागा भनेको आकाशका ताराहरु मध्ये १ प्रमुख ताराको नाम हो। यो तारा यस महिना भरि नै आकशमा प्रमुख ताराको रूपमा झुल्किने हुदाँ सागा भनेको हो, धावा भनेको चाहि महिना हो। त्यसैले यो महिनालाई सागा धावा भनिएको हो।
बौद्ध धर्म परम्परा अनुसार बर्ष भरि नै धेरै खालकामहत्वपूर्ण धार्मिक चाड पर्वहरु हुने गर्छन । ति पर्बहरु मध्ये बौद्ध धर्मलम्बीको लागि सागा धावा एक ठुलो महत्वपूर्ण धर्मिक पर्व हो।चन्द्रमास पात्रो अनुसार सागा धावा चौथो महिनामा पर्छ। यसपालि सागा धावा सूर्यमास पात्रो अनुसार जेष्ठ १२ गते शुक्रबार देखि सुरु भएर आषाढ १० गते शनीबारको दिन सम्म परेको छ। सागा धावा महिनाको पन्ध्रौं तिथि पुर्णिामाको दिन भगवान बुद्धको जन्म भएको दिन, उहाँले ज्ञान प्राप्त गर्नु भएको दिन र उहाँको महपरिनिर्वाण भएको दिनयि ३ वटा धर्मिक पर्वहरु एकै दिन र तिथिमा परेको हुदाँ यो महिना (सागा धावा) धेरै महत्वपूर्ण भएको हो।
बौद्ध धर्म अनुसार हामीले यो सागा धावाको समयमा जति धेरै पुन्य कर्म (धर्म) हरु गर्यो त्यसको फलहरु पनि सयौ गुणा भन्दा बढी प्राप्त हुनेर त्यसै गरि कुकर्म (पाप)हरु गरियो भने पनि त्यसको फल सयौ गुणा भन्दा बढि भोग्नु पर्ने हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।साथै हामीले स्वयम्भु माहाचैत्यको १३ पटक कोरा (परिक्रमा) गर्दा पुर्व जन्म र यस जन्ममा गरेको कुकर्महरु नाश हुन गई पुन्य प्राप्त हुन्छ, हाम्रो मनोकामनाहरु पुरा हुने, सन्तान सुख प्राप्त हुने, रोग व्याधी, शत्रुहरु हटने, धन र सम्पत्तिहरु प्राप्त हुने लगायत बिशेष खालको वरदानहरु समेत प्राप्त हुन्छ । सुख, शान्ति, संवृद्धी भई बुद्धत्व समेत प्राप्त हुन्छ ।
भगवानको आराधना, पूजापाठ गर्ने, मन्त्र जप गर्ने, स्तुपा, चैत्यहरुको कोरा (परिक्रमा) गर्ने, दान दक्षिणा गर्ने लगायत पुन्य कर्महरु गरौ । यो महिनामा गुम्बाहरुमा साका धावाको सुखद पावन अवसरमा ठुला पुजा, वाङ (अभिषेक) र न्युउने (मौन व्रत) हरु हुने गर्छन ।
साका धावामा हाम्रो छिमेकि मुलुक भुटान, सिकिम र तिब्बत लगातय अन्य मुलुकहरुमा पशुपंक्षीहरु काटमार गरी मासु बेच्ने कार्यहरुसमेत बन्द गर्ने गर्दछन।