निर्वाचनका क्रममा हत्या गरिएका तामाङलाई सहिद घोषणा गर्न माग

काठमाडौँ । युवा सङ्घ नेपालले यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन निष्पक्ष तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रह गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजिव पहारीले नेकपा ९एमाले०को परिपक्व प्रतिपक्षको भूमिकाका कारण सत्ता घटकले नचाहँदा नचाहँदै स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएको जिकिर गरे ।
उनले निर्वाचनका क्रममा हत्या गरिएका दोलखाका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्नुपर्ने र काभ्रेका नवराज पाठकको हत्यामा संलग्नमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे । @ रासस |