अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति)कुवेतले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने

अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति)कुवेतले आउँदो ३० जुन २०१७ (शुक्रबार)का दिन अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको संगठनको अध्यक्ष निर्मल कुमार तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
कार्यक्रमको लागि नयाँ शक्ति पार्टी नेपालका राष्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ कुवेत आउने भएका छन् | नयाँ शक्ति पार्टी नेपालले अगाडी सारेका आर्थिक समृद्धिका एजेन्डा र प्रबासमा बसेका नेपालीहरुको भूमिकाको बारेमा तथा बैदेशिक रोजगारमा हुने गरेका समस्या तथा समाधानका उपायहरुको बारेमा व्यापक छलफल हुने भएको हुदा कुवेतमा क्रियाशील संघ संस्था , बुद्धिजीवी ,पत्रकार लगाएत सबै क्षेत्रलाइ निमन्त्रणा गर्ने पुरानो परम्परालाई तोड्दै प्राप्त प्रविधिको उपयोग गरी (इमेल , म्यासेज र टेलीफोन ) मार्फत गरिएको हुदा उक्त दिनमा कुनै कार्यक्रम नजुधाई दिनु हुन र कार्यक्रममा उपस्थित भई कार्यक्रम भब्यताका साथ सफल पारी दिनु हुन कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ शक्ति कुवेतले हार्दिक अनुरोध गरेको छ |