हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

चार सय वर्षअघि गुमेको भाषा सिक्दै मगर समुदाय

म्याग्दी । म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् ।

बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु एक लाख ५० हजार सहयोगमा असार ५ गतेदेखि १५ दिने भाषा कक्षा सञ्चालन गरिएको हो ।

मगर समुदायलाई आफ्नो मौलिक भाषा सिकाएर लोप हुन नदिने उद्देश्यले कक्षा सञ्चालन गरिएको सङ्घका सचिव लोकेश पुनमगरले जानकारी दिए ।मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका थिए । १८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन १६०० मा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका थिए ।

त्यसयता मगर भाषा बोलीचालीको प्रचलनमा छैन । आफ्ना पुर्खाले बोलेको, लोप भइसकेको भाषा सिक्न र बुझ्न पाउँदा खुसी लागेको प्रशिक्षणमा सहभागी रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनीलाल गर्बुजाले बताए । नयाँ भएकाले सिक्नलाई अप्ठ्यारो लागेको गर्बुजाले अनुभव सुनाए । युवा, युवती र प्रौढले भाषा सिक्न चासो देखाएका छन र ८० जनाले भाषा सिकिरहेका छन् ।

दैनिक जीवनयापनमा प्रयोग हुने शब्द सिकाउने गरिएको छ । यसअघि बरङ्जा, राम्चे, सिङ्गा तातोपानी, कुुहँ, हिस्तानका मगर बस्तीमा पनि भाषा सिकाउन कक्षा सञ्चालन गरिएको थियो । मौलिक भाषाको पाठ्यक्रम लागू भएका विद्यालयका शिक्षकलाई भाषासम्बन्धी आधारभूत तालिम दिइएको थियो ।

सङ्घका सचिव पुनले विसं २०६५ मा पाठ्यक्रममा आधारित मगर भाषाको ‘कानुङ ऐजु काठ’ र ‘कानुङ ऐजु कर’ नामक पुस्तक प्रकाशन गरेका थिए । विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ४३ प्रतिशत मगर समुदायको बसोबास छ । म्याग्दीको बस्तीको नामाकरण र बोलीचालीमा मगर भाषाको लवज आउने गरेको बताइन्छ । @रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution