एनआरएनए कुवेतको पाँचौ अधिबेशन अगष्ट १८ मा हुने

कुबेत । एनआरएनए कुवेतले आगामी अगष्ट १८ तारिखमा पाँचौं अधिवेशन गर्ने भएको छ ।
एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा बसेको बैठकले पाँचौं अधिवेशनलाई आईसीसी कोडीनेटर सुजन केसी संयोजक रहेको ५ सदस्यिय निर्वाचन समिति गठन समेत गरेकोछ ।
समितिको सदस्यहरुमा शिव कोईराला, कोशराज राई, आनन्द आचर्य र नैनकला राई रहेका छन् ।
बैठकले पाँचौ अधिवेशनको तैयारीको निम्ति निर्वाचन समितिलाई कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको कार्य मूल्याङकन उपलव्ध गराउने निर्णय गर्दै कार्य बिभाजन गरी जिम्मेवारीको समेत बाँडफाँड गरेको प्रबक्ता कोशराज राईले अनलाइनखबरलाई बताए ।
बैठकले कार्यसमितिका सल्लाहकार लगायतबाट दस्तुर र बोलकबोल रकम भुक्तानि गर्नेहरुको मात्रै पदीय हैसियत रहने र उक्त रकम नबुझाउनेहरुको हैसियत नरहने निर्णय गरेको छ ।
निर्वाचन समितिका संयोजक सुजन केसीले निर्वाचन समितिको गठनसंगै आउदो जुन २३ तारिखबाट सदस्यता फारम भर्ने कार्य सुरु गर्नुको साथै केही दिनमा निर्वाचन समितिको बैठक बसी निर्वाचनका कार्यतालिका र नियमावलीहरु सार्वजानिक गरिने जानकारी दिएका छन ।