नेपाली दुतावास इजरायलले घुम्ती शिविर संचालन गर्ने

तेलअविव-नेपाली दुतावास इजरायलले घुम्ती शिविर संचालन गर्ने भएको छ | हालको लागि तिबेरिया,हाइफा,जेरुशलम र तेलअविवमा शनिबारको दिन सबै नेपाली कामदारको सुविधाको लागि घुम्ती शिविर राखेको नेपाली दुतावास इजरायलले सूचना मार्फत जानकारी दिएको छ | आशा राखौ भविष्यमा पनि यस्ता शिविरले निरन्तरता पाउने छ |