श्रीमान/श्रीमतीबीच एकअर्कालाई शंका गर्ने बानी छ भने यसो गर्नुहोस्

विवाहलाई हाम्रो समाजमा पवित्र बन्धन मानिन्छ । श्रीमान् र श्रीमतको नातालाई सबैभन्दा उत्कृष्ट र उच्च पनि भनिन्छ । तर पनि श्रीमान श्रीमतीबीच विभिन्न कारणले मनमुटाव हुने तथा झगडा हुन्छ । र कतिपय अवस्थामा सम्बन्ध नै धरापमा पर्ने गर्छ । जसको एक प्रमुख कारण हो एकले अर्कालाई शंका गर्नु ।
श्रमान् अथवा श्रीमतीले एकअर्कालाई शंकाको दृष्टिले हेर्नुलाई जटिल रुपमा लिनु समस्याको सुरुवात हो । उक्त समस्याबाट छुटकरा पाउन तपाईले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याउने कोशिस गर्नुपर्ने हुन्छ ।
हालै गरिएको एउटा अध्ययनले निद्राको कमीका कारण पनि मानिसमा शंका गर्ने प्रवृत्ति बढ्ने गर्दछ । अध्ययनका अनुसार पर्याप्त निद्रा नपुगेको अवस्थामा मानिसमा शंका गर्ने प्रवृक्ति विकास हुने गर्दछ । यस्तो अवस्थामा तपाईको पार्टनरले पनि त्यस्तो गर्न लागेका छन् भने तपाईले उनको निद्रा पूरा गर्ने व्यवस्था सुनिश्चित गर्नेतिर लाग्नुस् ।
महान ब्रिटिश नाटककार विलियम शेक्सपियरले चार सताब्दी पहिला नै लेखेको आफ्नो नाटक मैकबेथमा अनिद्राको सम्बन्ध आशंका र भ्रमहरुसँग रहेको उल्लेख गरेका थिए । अब वैज्ञानिकहरुले राम्रो निद्राको कमीका कारण व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो दुष्प्रभाव पर्न सक्ने ठहर गरेका छन् । लण्डनस्थित किंग्स कलेजले गरेको अध्ययनमा अनिद्रा र शंका गर्ने बानीबीच सिधा सम्बन्ध रहने गरेको निष्कर्ष निकालेको छ।यो अध्ययन जर्नल सिजोफ्रेनिया रिसर्चको नयाँ अंकमा प्रकाशित छ ।
प्रमुख अनुसन्धानकर्ता डाक्टर डेनियल फ्रीमेन भन्छन्, ‘हामीलाई पहिलाबाटै थाहा छ कि एक रात निद्रा नपूग्दा हाम्रो पूरै दिन तनावग्रस्त हुने गर्दछ । निद्रा नपुगेका कारण हाम्रो विचारसमेत अस्तव्यस्त हुने गर्दछ । हामी सबैतिरबाट बेखबर हुन्छौ । दिमागमा शंका र भ्रमहरु पैदा हुनका लागि आदर्श स्थिति उत्पन्न हुने गर्दछ ।’ अनुसन्धनमा भनिएअनुसार नियमित र पूरा निद्रा मानसिक रुपमा स्वस्थ रहनका लागि अत्यन्तै महत्वपूर्ण छ ।
शोधकर्ताहरुले अध्ययनमा ३ सय जनालाई सहभागी गराएका थिए । उनीहरुको निद्रालाई घण्टामा विश्लेषण गरिएको थियो । फ्रीमेनका अनुसार अनिद्राको शिकार ७० प्रतिशत सहभागी शंका र भ्रमको शिकार बनेका थिए । यति मात्र होइन, अध्ययनमा सहभागी ५० प्रतिशत बढी गम्भीर रुपमा अनिद्राबाट पीडित पाइए, उनीहरुमा गहिरो असुरक्षाको भावनासमेत थियो ।