दार्जीलिङमा आन्दोलन जारी

काठमाडौं, ६ असार — भारतको पश्चिम बंगालमा रहेको दार्जीलिङमा छुट्टै गोर्खाल्यान्ड राज्यको माग राखेर १२ दिनदेखि आन्दोलन चलिरहेको छ ।
मंगलवार पनि बजार बन्द छ । गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको अनिश्चितकालीन हडतालका कारण पर्यटक तथा सर्वसाधारणको जीवन कष्टकर बन्न पुगेको छ । खानेकुरा र दूधको अभाव भएको छ ।
पछिल्ला केही दिनमा आन्दोलन हिंसात्मक भएको थियो ।यसैबीच गोजमोले सर्वदलीय बैठक आह्वान गरेको छ । बैठकमा आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा चर्चा हुनेछ ।
आन्दोलनलाई ठूलो षड्यन्त्र बताउँदै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सोमवार नेदरल्यान्ड्स गएकी छन् ।
तीन दिनदेखि दार्जीलिङमा इन्टरनेट पनि बन्द गरिएको छ । @ एजेन्सी