अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायलको नयाँ कार्यसमिति गठन,अध्यक्षमा सिता घिसिङ तामाङ

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल शाखाको पाँचौ बार्षिकोत्सव तथा साधारण सभा तेलअविवमा सम्पन्न भएको छ |
अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल शाखाका तत्कालिन अध्यक्ष श्री रमन अधिकारीको सभापतित्व भएको कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अनलाइन मीडियाकर्मीहरु अतिथि रहेका थिए |
पाँचौ बार्षिकोत्सव तथा साधारण सभाले सीता घिसिङ तामाङको अध्यक्षमा सर्वसम्मतले नयाँ कार्यसमितिको चयन गरेको छ | अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष : पेमा लामा तामाङ,प्रथम उपाध्यक्ष : कादम्बरी(दाना)श्रेष्ठ ,उपाध्यक्ष : रेशम क्षेत्री,महासचिव : कुमार आङ्देम्बे (अबि),सचिव : युनिका गुरुङ,सह-सचिव: पदमा गुरुङ,कोषाध्यक्ष : अनिल सिं राजपुत,सह-कोषाध्यक्ष : नुतन भुषाल,बिभागीय प्रमुख/उपप्रमुखहरुमा गायन बिभाग प्रमुख : राज आङ्देम्बे लिम्बू ,उपप्रमुख: अम्बिका सुवेदी,नृत्य बिभाग प्रमुख : प्रीनिषा कन्दङ्वा,उपप्रमुख : मिनि क्षेत्री, नाट्य प्रमुख : गिता तिमल्सिना,कार्यसमिति सदस्यहरुमा साबित्रा राई , शिव लिम्बु,अनु श्रेष्ठ,दिवस शर्मा,
किशु गुरुङ,सारा लामा तामाङ, शान्ति सेर्मा,माया मादेन,विवेक लामा तामाङ,सोनि योन्जन तामाङ,बिजेता लामा तामाङ,भिम ओडारी,छ्योङ्बा शेर्पा,खेम कटेल,मेरिन कन्दङ्वा
,पेम्बा शेर्पा,स्वास्तिका श्रेष्ठ र आकृती अधिकारी रहेका छन् |
यसै गरी सल्लाहकार समितिमा प्रमुख सल्लाहकार : रमन अधिकारी,सल्लाहकार:उर्मिला पाखिन तामाङ,सल्लाहकार:मिना बान्तावा राई र सल्लाहकार: नेहा गुरुङ रहेका छन् भने
संरक्षकहरुमा कृष्ण रायमाझी,धर्म भण्डारी र दिपेन्द्र थापा रहेका छन् |
अन्तमा नवनिवार्चित अध्यक्ष सीता घिसिङ तामाङले कार्यक्रममा उपस्थित कलाकार तथा उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुदै सम्पूर्ण बिधाका कलाकारहरुको साथ र सहयोग पाउने बिश्वास गरेकी थिईन् |
कार्यक्रम निवर्तमान महासचिव पेमा लामा तामाङले कुशलतापुर्वक संचालन गरेकी थिईन् |