तामाङ घेदुङद्वारा स्थानीय तहकाे निर्वाचनमा निर्वाचितहरुलाई सम्मान तथा बधाई

याम्बु – पहिलाे चरणकाे स्थानीय तहकाे निर्वाचनमा निर्वाचित हुन सफल तामाङहरुलाई नेपाल तामाङ घेदुङले सम्मान गरेकाे छ । असार ३ गते शनिबार नेपाल तामाङ घेदुङ केन्द्रीय समितिले प्रज्ञा प्रतिष्ठनमा एक कार्यक्रम गरी उनीहरूलाइ सम्मान गरेकाे हाे । पहिलो चरणकाे निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगपालिका र गाउँपालिकावाट निर्वाचित तामाङ समुदायका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरूलाई बधाई तथा सम्मान गरेकाे हाे ।
घेदुङका अध्यक्ष माेहन गोलेले तामाङ समुदायको भाषा, धर्मसंस्कृति, शैक्षिक राजनीतिक तथा साहित्यीक क्षेत्रकाे विकासका लागि स्थानीय तहमार्फत केही महत्वपूर्ण काम गर्न विजयी तामाङ जनप्रतिनिधिहरूलाई अनुराेध समेत गरेका छन् ।
पहिलाे चरणकाे स्थानीय तहकाे निर्वाचनमा नेपाल तामाङ घेदुङका तेजबहादुर तामाङ, रमेश ईमान सिङ लामा तामाङ र प्रेम मोक्तान विजयी भएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा एक जना उपमहानगरपालिका उपप्रमुख, २ जना नगरपालिका प्रमुख, २८ जना गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् भने गाउँपालिका उपप्रमुख सहित वडा अध्यक्षहरू समेत गरी करिब २०० जना तामाङ प्रतिनिधिहरू स्थानीय तहमा निर्वाचित हुन सफल भएका छन । घेदुङले स्थानीय तहमा तामाङ समुदायकाे मौलिक प्रतिनिधित्व सन्तोषजनक भएको भन्दै भावनात्मक प्रतिनित्व गराउन पहल गर्नुपर्ने उल्लेख गरेकाे छ । स्थानीयस्तरमा बनाउने नीतिनियममा तामाङसमुदायको मुद्दामा प्राथमिता दिएर काम गर्नुपर्नेमा कार्यक्रममा बाेल्ने अधिकाँश तामाङ बक्ताहरूले जाेड दिएका छन् । कार्यक्रममा घेदुङले हिमाल अरोहि कान्छीमाया तामाङलाई पनि सम्मान गरेको थियो ।
(फोटो: चन्द्रमाया बम्जन तामाङ ला फेसबुक ग्यामसे)