नेपाली संघीय समाज इजरायलको चौथो स्थापना दिवस सम्पन्न

तेलअविव – नेपाली संघीय समाज इजरायलको एतिहासिक चौथो स्थापना दिवस १६ जुन २०१७ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ | समाजका संस्थापक संयोजक तथा वर्तमान अध्यक्ष सुन्दरसिहं लामा तामाङको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अतिथि निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छिरिङ लामा शेर्पा,बिशेष अतिथिमा गैरआवाशिय नेपाली संघ,इजरायलका वरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवाली र नेपाल आदिवासी जनजाती महांसघ,इजरायलका अध्यक्ष निर्मला गुरुङ रहेका थिए | त्यसैगरी अतिथिहरुमा प्रवास राजनीतिक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न जातीय धार्मिक ,सामाजिक र साहित्यक संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको साथमा विभिन्न मीडियाकर्मीहरु रहेका थिए |
समाजका कार्यकारिणी सदस्य आङछिरिङ शेर्पाले उपस्थिति सम्पूर्ण अतिथि पाहुनाहरु र उपस्थित सम्पूर्ण नेपाली दिदीबहिनीहरु तथा दाजुभाइलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो |
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका निवर्तमान अध्यक्ष निर्मला गुरुङ,(संखुवासभा),ह्योल्मो समाज,इजरायलका अध्यक्ष पेमा ह्योल्मो (सिन्धुपाल्चोक),नेपाल आदिवासी जनजाती महासंघ इजरायलका सचिव सन्तवीर ह्योल्मो (समिर) रामेछाप, ह्योल्मो समाज,इजरायलका उपाध्य्क्ष शर्किनी ह्योल्मो(सिन्धुपाल्चोक),अनिता राई (उदयपुर ) र नेपाल तामाङ घेदुङ इजरायलका उपाध्यक्ष छत्र बहादुर गोले तामाङ(सिन्धुली) नेपाली संघीय समाज इजरायलको सदस्यता लिनु हुँदै पार्टीमा प्रवेश गर्नु भएको थियो |
एतिहासिक चौथो स्थापनाको शुभ अवसरमा नेकपा एमाले प्रवास समिति इजरायलका अध्यक्ष तिर्थ गौतम,अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी नेपाल) प्रतिनिधि संस्थापक संयोजक एवम नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य बी बी लामा तामाङ,जनमुक्ति प्रवास समिति इजरायल समितिका प्रतिनिधि शरिन ख्युङ्बाले शुभकामना मन्तव्य राखेका थिए |
कार्यक्रमका प्रमुख अतिथि छिरिङ लामा शेर्पाले पहिचानको मुद्धामा सबै जना एकजुट हुनु पर्ने बताएको थियो | कार्यक्रमको अन्तमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग साथ दिनु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमका सभापति तथा अध्यक्ष सुन्दरसिहं लामा तामाङ्ले कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो |
कार्यक्रम संचालन समाजका महासचिव पासाङनुर्बु शेर्पाले र सचिव अनिला मोक्तान तामाङले कुशलतापुर्वक गरेका थिए |