हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लण्डनको वेम्बली एरेनामा नेपाली संगीत फेरि गुन्जीयो

लण्डनको विश्वप्रसिद्ध एसएसइ वेम्बली एरेनामा शनिबार बेलुका हजारौं उत्साहित युवा दर्शकहरुसामु नेपालका चर्चित कलाकारहरुले साँगीतिक प्रस्तुति गरे।
चर्चित कुटुम्ब व्याण्डका कलाकारहरु आआफ्ना बाजाकासाथ स्टेजका उत्रँदा दर्शकहरुले उत्साहका साथ उनीहरुलाई स्वागत गरेका थिए। जून फेस्टीभल २०१७ नाम दिइएको आयोजनमा लण्डन र वरिपरिका शहरहरुबाट खासगरी भूतपूर्व गोर्खा सैनिकका सन्तानहरु हजारौंको संख्यामा भेला भएका थिए।
कुटुम्ब व्याण्डका कलाकारहरुले बाँसुरी, सारङ्गी, धीमे, ढोलक जस्ता बाजाहरुमा आफ्नो प्रस्तुति गरेका थिए।

साउण्ड र लाइटको विशेष व्यवस्थाले कार्यक्रमलाई भव्य तुल्याएको थियो।बी फेस्ट र पर्चा प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा हजारौं दर्शकहरु स्टेजको सामुन्ने खुल्लाठाउँमा उभिएरै रमाइलो गरेका थिए, अरु कैयौं स्टेजको दुबैतिर सीटमा बसेर रमाइ रहेका देखिन्थे।
रक संगीतकालागि चर्चित द एज व्याण्डका कलाकारहरुले आफ्नो एल्बमका गीतहरु सुनाएका थिए। त्यस्तै एलबाट्रस व्याण्डका कलाकारहरुले पनि चर्चित गीतहरु प्रस्तुत गरेका थिए।
अर्का चर्चित गायक बिपुल क्षेत्रीले अल्लारे जीवन लगायतका लोकप्रिय गीतहरु गाउँदा दर्शकहरु रोमान्चित बनेका देखिन्थे।
अल्डरशटबाट आफ्ना साथीहरुसंग कार्यक्रम हेर्न आएकी २४ वर्षीय पुजा गुरुङले आफुले सानो छँदा देखि सुन्दै आएका गायकहरुलाई स्टेजमा प्रत्यक्ष देख्‍न र सुन्न पाउँदा निकै खुसी भएको बताइन्।

लण्डनलाई कार्यथलो बनाएका युवा गायक तथा संगीतकार गङ्गा थापाले वेम्बली एरेनाजस्तो प्रतिष्ठित मन्चबाट कार्यक्रम प्रस्तुत गर्न पाउनु नेपाली कलाकारहरुकालागि एउटा ठूलो अवसर र गौरवको विषय भएको बताए।
लण्डनमा साथीहरुसंग नाम्लो व्याण्ड स्थापना गरेका थापाले नेपाली दर्शक तथा स्रोताले नेपाली संगीत र संस्कृतिलाई सँधै माया गर्दै आएको बताए।
“अब हामीले हाम्रो गीत, संगीतलाई पनि गैरनेपाली दर्शकहरुसम्म पुराउने प्रयास गर्नुपर्दछ,” उनले भने।
झण्डै साढे तीन घन्टासम्म चलेको सो सांगीतिक कार्यक्रमका एकजना आयोजक पर्चा प्रोडक्शनका समिर गुरुङले खासगरी युवा दर्शकहरुको उत्साह र साथबाट आफुहरु निकै उत्साहित भएको बताए।
यसअघि नेपथ्य व्याण्ड झण्डै चार वर्ष अघि वेम्बली एरेनामा साँगीतिक प्रस्तुति गर्ने पहिलो नेपाली साँगीतिक समूह बनेको थियो।
ब्रिटेनमा बसोबास गर्ने नेपाली समुदायको संख्या बढ्दै गएसंगै दशैं, तिहार, नेपाली नयाँ वर्ष आदि अवसरमा नेपालबाट कलाकारहरुलाई निम्त्याएर कार्यक्रम गर्ने प्रचलन पनि बढेको छ।
आयोजन गर्न निकै समय र श्रम लाग्ने यस्ता कार्यक्रमहरुले नेपाली गीत, संगीत र कलाकारहरुलाई प्रवासी नेपाली समुदायसंग जोडन योगदान पुराइरहेको जानकारहरु बताउँछन्। @ बीबीसी नेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution