ह्योल्मो समाज इजरायलको नयाँ कार्यसमिति चयन,अध्यक्षमा पुन:पेम्बा डोल्मा ह्योल्मो

तेलअविव-ह्योल्मो समाज इजरायलको ११ औ बार्षिकउत्सब तथा साधारण सभा तेलअविव स्थित ह्योल्मो अपार्टमेन्टमा सम्पन्न भएको छ |
ह्योल्मो समाज इजरायल २००६ मा स्थापना पाश्चात बीच समयमा साधारण सभा भएको प्रथम पटक हो | बिगतका ४ कार्यकाल बुद्ध जयन्ति या ल्होसारकै दिनलाई साधारण सभाको रुपमा मनाएर नयाँ कार्यसमिति चयन गरिन्थियो | तर गत बर्ष ल्होसारमा कार्यकाल पुरा नभएको र बुद्ध जयन्तिमा आदिवासी जनजाती महासंघको संयोजकत्वमा कार्यक्रम भएकोले र ह्योल्मो समाज पनि नेपाल आदिवासि जनजाति महासँघ इजरायलमा आबद्ध रहेको हुनाले छुट्टै कार्यक्रम गर्न असमर्थ भएको थियो |
पुर्ब सल्लाहकार फुर्पा ह्योल्मोको संयोजकत्वमा ह्योल्मो समाज इजरायलले संगठनको बिधान २०१६ प्राप्त भएको र उक्त बिधान अनुसार चल्नुपर्ने , नेपाल आदिवासि जनजाति महासँघमा पनि प्रतिनिधि पठाउनु पर्ने , नेपाल राजदुतावास र नेपाल ह्योल्मो समाज सेवा सँघ केन्द्रमा पनि जवाफ दिनुपर्ने हुँदा साधारण सभा गर्नुपर्ने भएकोले बिगतका परम्परालाई तोड्दै साधारण सभा गर्नु परेको समाजका महासचिव दावा सोनाम ह्योल्मोले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
समाजका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि ने आ .ज.म.इजरायलका नवनिर्वाचित अध्यक्ष नयन इम्सोङ्ग लिम्बु ,बिशेष अतिथि समाजका पुर्ब अध्यक्ष लामा छिरिङ्ग नेटुब ह्योल्मो र द्वितीयउपाध्यक्ष लोप्संग ह्योल्मोको संयोकत्वमा दिप प्रज्वलन र केक काटेर ११ औ बार्षिकउत्सवको उत्घाटन गरिएको थियो | प्रमुख अतिथिले मन्तब्य व्यक्त संगै आदिवासि जनजातिबारे ह्योल्मो समुदायको लागि थप उर्जा थपिदिनु भएको थियो | कार्यक्रम संचालन निबर्तमान सचिब दावा सोनाम ह्योल्मोले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य श्रीमती सर्किनी ह्योल्मो र बार्षिक प्रतिबेदन लोप्संग ह्योल्मोले प्रस्तुत गरेका थिए |
साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ | अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मोलाई पुन अर्को कार्यकालको लागि निर्वाचित गरेको छ | अन्य पदाधिकरिहरुमा क्रमश प्रथम उपाध्यक्ष – करसङ ह्योल्मो,द्वितीय उपाध्यक्ष – सर्कीनी ज्याबा ह्योल्मो,तृतीय उपाध्यक्ष – रिक्त (रसुवा ह्योल्मो प्रतिनिधिको लागि ) महासचिव – दावा सोनाम ह्योल्मो,सचिव – समिर स्ह्याङ्बा ह्योल्मो,कोषाध्यक्ष – पासाङ ह्योल्मो , सह-कोषाध्यक्ष -ल्हाक्पा डोल्मा ह्योल्मो,सदस्यहरुमा – फुर्पू ह्योल्मो, पेमा उमु ह्योल्मो,शोभा ह्योल्मो,पासाङ दोङ्बा ह्योल्मो
श्रीया ह्योल्मो, मणि कुमार ह्योल्मो, रसुवा जिल्लाबाट एक जना सदस्य पछि मनोनयन गरिने भएको छ |
यसै गरी संरक्षकमा समाजका पुर्व अध्यक्ष छिरिङ् नेटुब ह्योल्मो, प्र.सल्लाहकार – लोप्सङ् एवा ह्योल्मो,सल्लाहकारहरु – छिरिङ्ग म्हेन्दो ह्योल्मो र रसुवाबाट एक जनालाई मनोनयन गरिने भएको छ |
निर्वाचित पदाधिकारीहरुलाई समाजका पुर्व अध्यक्ष छिरिङ् नेटुब ह्योल्मोले सपथ ग्रहण गरेका थिए |