एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता द्वारा कांग्रेस नेता बलबहादुर केसी कुटिए

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन्।
‘मसहित चार जना साथीहरु एउटा गाडीमा थियौं अरु १५ जना साथीहरु अर्को गाडीमा हुनुहुन्थ्यो,’ केसी टेलिफोनबाट भने, ‘माओवादीको गाउँपालिका अध्यक्ष नेतृत्वमा एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गर्दै कार्कीलाई लगे। मलाई पनि हातपात गरे।’
कांग्रेस उम्मेदवार अपहरणमा
सोलुखुम्बुको नेचासल्यान गाँउपालिका, वडा ६ का टङ्कबहादुर कार्की उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा अपहरणमा परेका छन्। नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदबार कार्की तिङलाको वासिगाँउ भन्ने ठाँउबाट बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यलय सोलुखुम्वुले कार्कीको अपहरण भएको पुष्टि गरेको छ। प्रहरी कार्यलयका प्रखुम डिएसपी माधवप्रसाद बुढाथोकीले अपहरणबारे प्रहरीमा जानकारी आएपछि अनुसन्धान भइरहेको बताए। ‘किन र कसले अपहरण गर्यो भनेर अनुसन्धान सुरु भइसकेको छ,’ डिएसपी बुढाथोकीले भनेको समाचार पहिलोपोस्टमा छ |