तामाङ भाषाको उपन्यास खाज्याम विमोचन

याम्बु । तामाङ डाजाङको १६४ औं साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न भएको छ । आज मानविकी क्याम्पस प्रदर्शनी मार्गमा भएको कार्यक्रममा सजना गोले, ढुप्साङ लामा, धनकुमारी घिसिङ, इश्वर थोकर, तेज योन्जन, भरत ग्लान, रोशन थिङ, सुवाश ब्लोन लगायतले साहित्यिक रचना वाचन गर्नुभएका छन् ।
सोही कार्यक्रममा तामाङ डाजाङकै सदस्य काभ्रेकी हिरामाया घिसिङद्धारा लिखित तामाङ भाषाको उपन्यास खाज्याम (मृत्युको अन्तिम घडिमा आफ्नो छोरा या छोरीलाई दिएको बचन) को विमोचन समेत भएको छ । प्रमुख अतिथि भाषाविद् अमृत योन्जन–तामाङले विमोचन गर्नुहुँदै तामाङ लोक साहित्यले वास्तविक घट्ना र परिवेशलाई चित्रण गर्न सके पनि लिखित साहित्यले त्यसलाई उर्तान सकेको छैन । तामाङ भाषामा लेख्ने साहित्यकारहरुको ध्यान त्यस तर्फ जना जरुरी रहेको बताउनु भयो ।
साथै उहाँले ३ नं. प्रदेशमा तामाङ भाषाको विश्वविद्यालय बनाउन तर्फ लाग्नु पर्ने र त्यो तहको अध्ययनका लागि सामग्री जुटाउन अब सम्पूर्ण लेखक, साहित्यकारलगायत यससंग सम्बन्धित व्यक्ति तथा संस्था अगाडि बड्नुपर्ने बताउनु भएको छ ।
बिमोचित पुस्तक माथि साहित्यकार यकिना अगाध र पत्रकार शान्ति दोङले समिक्षा गर्नुभएको थियो । भने तामाङ लोकसम्राट चन्द्र कुमार मोक्तान, लेखकद्धय प्रताब बल र रबिन्द्र ग्याबा, ङेमा गोले, ढुप्साङ लामा लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
डाजाङका अध्यक्ष सन्चु ब्लोनले कार्यक्रम समापन गर्नुहुँदै डाजाङले हरेक महिनामा गर्दै आएको साहित्यिक कार्यक्रम भाषिक आन्दोलन हो । स्थनीय तहमा कामकाजीको भाषा तामाङ गराउनका लागि प्रत्येक गाउँपालिकाहरुमा दबाब दिन सबै साहित्यिक संस्थाहरु एक भएर अघि बढ्नु पर्ने बताउनु भयो । @ तामाङ डाजाङ |