हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा June महिनामा कति वटा कार्यक्रमहरु हुदैछ ? जानकारी सहित …

तेलअविव,यो महिनामा इजरायलमा नेपालीहरु द्वारा स्थापित धेरै संघसंस्थाहरुको कार्यक्रमहरु हुने भएको  छ |

१.नेपाली संङ्घीय समाज,इजरायलको चौथो स्थापना दिवस


तेलअविव -सम्पूर्ण नेपालीहरुको गौरवशाली पार्टी संङ्घीय समाजवादी फोरम,नेपालको प्रवास संगठन “नेपाली संङ्घीय समाज,इजरायलको चौथो स्थापना दिवस” पहिचानवादीहरुको एकता आजको आबश्यकता,अधुरो र अपुरो संविधान संशोधन अपरिहार्यता” पहिचान र अधिकार सम्बृद्ध नेपालको मूलआधार,सम्भव छ हाम्रै पालामा,अरु गर्छन कुरा हामी गर्छौं पुरा” भन्ने मुख्य नाराहरु सहित आउँदो १६ जुन २०१७ (शुक्रबार) सांझ ठिक ५ बजे बेनीबारख – १६ तेलअविमा भव्यताको साथ मनाउने गईरहेको नेपाली संङ्घीय समाज,इजरायलका महासचिब पासाङनुर्बु शेर्पाले जानकारी दिनु भएको छ |

आदरणीय इजरायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा उक्त एतिहासिक कार्यक्रममा उपस्थिति भई सहयोग साथ र समर्थनको अपेक्षा राखेकोले सम्पूर्णलाई प्रत्यक्ष उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |

उक्त एतिहासिक स्थापना दिवस कार्यक्रम इजरायलमा स्थापित भई क्रियासिल राजनीतिक ,सामाजिक, र धार्मिक संघसंस्था र संगठनहरु, इजरायलबाट संचालित विभिन्न अनलाईनमिडियाका संचारकर्मी बन्धुहरुलाई संगठनबाट अधिकारिक पत्रचार गरि निमन्त्रणा गरिने जनाएको छ | सबैसंग भाईचाराको समधुर सम्बन्धहरुलाई अझ प्रगाढ बनाई प्रवास भुमि इजरायलमा नेपाली एकताको शुभसन्देश दिने बताएको छ |उक्त दिन अन्य विभिन्न संघ,संस्थाहरुको पनि महत्वपूर्ण कार्यक्रमहरु भएकोले कार्यक्रम तोकिएको ठिक ५:०० बजे समयमा नै सुभारम्ब हुने भएको छ |जसअनुसार आमन्त्रित् अतिथिवर्गहरु,संचारकर्मी बन्धुहरु र सम्पूर्ण इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु समय अगावै उपस्थिति भई दिनु हुना हार्दिक अनुरोध गरेको छ |

२. नेपाल आदिवासी जनजाती महासंघ इजरायलको चौथो बार्षिकोत्सव तथा साधारण सभा

नेपाल आदिवासी जनजाती महासंघ इजरायल” ले चौथो बार्षिकोत्सव तथा साधारण सभा आउँदो १६ जुन २०१७ (शुक्रबार) तेलअविव स्थित Everest club Takhana Markazit 3rd floor मा विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्यताको साथ् मनाउने भएको छ |

इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुना हार्दिक आव्हान गरेको छ |साथै महासंघमा आबद्ध सम्पूर्ण जातिय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने पहिरन सहित आ-आफ्नो समुदायगत नाचगान लिएर भब्य जनसहभागिता जनाउन नेपाल आदिवासी जनजाती महासंघ इजरायल हार्दिक अनुरोध गरेको छ |

३. अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायलको पाँचौं अधिबेशन 


अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायलको पाँचौं अधिबेशन साथै साधारण सभा आउँदो १६ जुन २०१७ (शुक्रवार) तेलअविव स्थित लेवन्सकी चिल्ड्रेन पार्कमा साँझ ठिक ५ बजे सम्पन्न हुने भएको छ |

इजरायलमा कार्यरत नेपाली दाजुभाइ,दिदिबहिनी, विभिन्न बिधाका कलाकार,साहितिक,धार्मिक,सामाजिक संघ-संस्था,राजनीति दल,बुद्धिजीवी तथा कला-कलाकार प्रेमीहरुमा उपस्थिति भइ कार्यक्रम सफल बनाई दिनु हुन हार्दिक अनुरोध गरेको छ |

गायन,नृत्य,नाटक,साहित्य आदि कुनै पनि बिधामा सक्षम हुनु भएर,पनि देखाउने ठाउँ (platform) नपाउनु भएका कलाकारहरुको प्रतिभा विश्व सामु देखाउन मंचले प्रतिबद्धताका साथ सहयोग गर्ने जनाएको छ |

अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल (शाखा) को सदस्य बन्न इच्छुक सबै बिधाका कलाकारहरुमा हार्दिक आह्वान गरेको छ ।
४. ह्योल्मो समाज इजरायलको ११ औ ऐतिहासिक वार्षिकोत्सब तथा साधारण


ह्योल्मो समाज इजरायलको ११ औ ऐतिहासिक वार्षिकोत्सब तथा साधारण सभा यहि आउदो १७ जुन २०१७ (शनिवार) बिहान ठिक १० बजे नेबिशनन स्ट्रेट ४७ स्थित ह्योल्मो अपार्टमा हुने भएको छ |

नयाँ कार्यसमितिको चयन समेत हुने भएकोले प्रवासीभुमि इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमोहरुलाई वार्षिकोत्सब तथा साधारण सभामा उपस्थित भइ आफ्नो अधिकारलाई प्रयोग गर्दै कार्यक्रमलाई ब्यताका साथ सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार हार्दिक अनुरोध गरेको छ |

साथै सम्पुर्ण संस्थामा आबद्ध र इच्छुक ह्योल्मोहरुले संस्थाको साधारण सभा अघि नयाँ सदस्यता लिनुपर्ने र पुरानो सदस्यता नविकरण अनिवार्य गर्नुपर्ने भएकोले वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रमको दिन बिहान १० बजे सम्ममा सदस्यता लिने ब्यबस्था खुल्ला रहने जनाएको छ |

एतिहासिक ११ औं वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रममा सम्पुर्ण ह्योल्मोहरुले आफ्नो अधिकार सहित सहभागिता राख्दै आफ्नु ह्योल्मो सस्था प्रति उत्तरदायी बोध गराई दिनु हुन सम्पूर्ण इजरायलवासि ह्योल्मोहरुमा संस्था द्वारा हार्दिक अनुरोध र अपिल गरेको छ | संस्थाको सदस्यता लिनुका निम्ति संस्थाको वर्तमान कार्यकारिणी समिति सँग समयमै सम्पर्क गर्न अनुरोध गरेको छ |

५. नेपाल मगर संघ इजरायलको चौथो वार्षिक उत्सब तथा दोस्रो अधिबेशन 


नेपाल मगर संघ इजरायलको ऐतिहासिक चौथो वार्षिक उत्सब तथा दोस्रो अधिबेशन आउँदो १४ जुलाई २०१७ (शुक्रबार) तेलअविव स्थित सीसाइटमा भव्यताको साथ गर्ने संस्थाकी कावा अध्यक्ष बिष्णु पुन मगरले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

उक्त कार्यक्रममा इजरायलको विभिन्न ठाँउमा कार्यरत मगर दाजुभाइ तथा दिदिबहिनी लगाएत सामाजिक,धार्मिक संघसंस्थाहरु एबम संचारकर्मीहरु , सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |

६. तमु समाज इजरायलको सातौ अधिवेशन 


तमु समाज इजरायलको सातौ अधिवेशन आउदो १४ जुलाई २०१७ (शुक्रवार) साँझ ७.०० बजे तेलअविव स्थित लेभंडा ३२ मा रहेको भवनको दोस्रो तलामा गर्ने भएको छ |

ऐतिहासिक सातौ अधिबेशनमा इजरायलवासी सम्पुर्ण दाजुभाइ , दिदीबहिनी, ङ्गोलो-ङ्गोल्स्योलाई उपस्थित भइ अधिबेशनलाई भब्यताका साथ सफ़ल पारीदिनु हुन तमु समाज इजरायलले परिवार हार्दिक अनुरोध गरेको छ |

अधिवेशनमा सम्पूर्ण गुरुङहरुले आफ्नु अधिकार सहित सहभागिता राख्दै आफ्नु गुरुङ संस्था प्रतिको दायित्व बोध होस् भन्ने अनुरोध र अपिल समेत गरेको छ |

७. प्रबासी नेपाली मंच (एमाले) इजरायलकाे वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रम


प्रबासी नेपाली मंच (एमाले) इजरायलकाे वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रम आउँदो २०१७ जुन २३ तारिक शुक्रबार साँझ (कार्यक्रम) तेलअविव स्थित यसोधामाला ४४ मा बेलुकी ६.३० बजे देखि सुरु गर्ने भएको छ |

इजरायलबासी प्रवासी नेपाली हरुलाई एक ठाउँमा एकजुट बनाएर सम्पूर्ण प्रवासी नेपाली हरुको आवाज नेपालसम्म पुराउने श्रमिकहरुको हकहितको रक्षा गर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज उठाउने, नेपालीहरु माथी आई पर्ने विभिन्न खालका समस्या समाधानमा पहल गर्ने तथा इजरायलको सन्दर्भमा विभिन्न रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा इजरायलमा कृयाशिल भयको एकबर्ष पुरा भएको उपल्क्षेमा यही जुन २३ शुक्रबार साँझ इजरायलको तेलभिब मा प्ररबासी नेपाली मंच (एमाले )इजरायलको प्रथम बार्षिकोत्सव तथा अन्तर्क्रीया कार्यक्रम लाई सम्बोधन गर्नको लागि प्रमुख आतिथ्यने.क.पा. (एमाले ) पोलीटब्युरो सदस्य तथा प्रबास बिभाग प्रमुख प्रभावशाली युवा नेत्री बिन्दा पाण्डे आउनु हुने भएको छ |

नेकपा एमाले पार्टी प्रति आस्था राख्नुहुने सम्पुर्ण इजरायल बासी नेपाली दाजुभाइ दिदिबहिनी सामाजिक संघ संस्थामा आब्ध्य हुनुहुने बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी बिद्यार्थीहरु संचारकर्मीहरुलाई कार्यक्रममा उपस्थीतको लागि हार्दिक अनुरोध गरेको छ |

साथै २४ तारीख शनिबार प्रवासी नेपाली मन्च इजरायलले एक दिने भ्रमणको आयोजना गरेको हुदा बेतलेखेम डेडसी पर्ताकीय पर्याटकिय क्षेत्रका थुप्रै मनमोहक दृष्यहरु अवलोकन गर्दै एक आपसमा हास्दै रम्दै रमाउदै टुरमा सहभागी भई भरपुर मनोरन्जन लिनुहुन इजरायलबासी नेपाली दाजुभाइ दिदिबहिनी हार्दिक अनुरोध समेत गरेको छ |

(नोट: अन्य कुनै संघसंस्थाको कार्यक्रम भए वा छुटेमा जानकारी गर्नु हुना हार्दिक अनुरोध गर्दछौ -तामाङअनलाइन)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution