नेपाल तामाङ घेदुङ केन्द्रले बधाई तथा सम्मान कार्यक्रम गर्ने

याम्बु – नेपाल तामाङ घेदुङ केन्द्रले पहिलो चरणको स्थानीय चुनाबमा विभिन्न पार्टीबाट निर्वाचित तामाङ जनप्रतिनिधिहरुलाई आउँदो असार ३ गते (शनिबार) दिउँसो १२ बजे काठमाडौको प्रज्ञा भवनमा बधाई ,सम्मान तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ |
यहि समारोहमा पहिलो तामाङ महिला सगरमाथा आरोहण कान्छीमाया तामाङलाई पनि सम्मान गरिने जानकारी घेदुङले दिएको छ।