इजरायलमा तीज धमाका २०७४ को लागि सबै संघसंस्थाहरु एकैथलोमा जुट्दै

तेलअविव – प्रवासी भूमि इजरायलमा रहेका सामाजिक ,राजनीतिक, धार्मिक,साहित्यिक,जातीय संघसंस्था र
मिडियाहरुको प्रतिनिधीहरु सहित सामुहिक उपस्थितिमा १३ जुन २०१७ का दिन २०७४ सालको तीज बिशेष कार्यक्रम एकै थलोमा आयोजना गर्ने सम्बन्धमा वृहतरुपमा छलफल भएको विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अध्यक्ष सानु गुरुङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
म्पूर्ण संघसंस्थाहरुको मूल आयोजनामा रहेर तीज बिशेष कार्यक्रम गर्ने निर्णय भएको र उपस्थित सम्पूर्ण संघसंस्थाका प्रतिनिधीबाट पहिलो चरणमा घटीमा ७ बढीमा ९ जनाको तीज बिशेष कार्यक्रमको (कार्यक्रम सम्पादन समिति ) बनाएर अगाडी बढ्न साझा धारणा सबैको रहे बमोजिम यथासिघ्र अबको केहि दिनभित्र नै कार्यक्रम सम्पादन समिति गठन हुने जानकारी प्राप्त भएको छ |
त्यसपछी बिभिन्न समितिहरु बनाएर कार्य विभाजन गरि कार्यक्रमको पूर्णधार भौतिक र आर्थिक जस्ता बिषयहरु व्यवस्थापन गरी भव्य सभ्यतापुर्वक कार्यक्रम सम्पन्न गर्ने कलकन्फरेन्समा सहभागी संघसंस्थाका प्रतिनिधिहरुबाट प्रतिबद्धता गरेका छन् |कार्य सम्पादन समिति बनाएर अगाडी बढ्ने कुरामा गैरआवासीय संघ (एनआरएन) इजरायल लगायत सम्पूर्ण संघसंस्थाले निर्णय गरेका हुन् | बिगतमा विभिन्न संघसंस्थाहरुले बेग्ला बेग्लै कार्यक्रम गरिदै आएकोमा यसपाली सयुक्त रुपमा एकै मात्रा कार्यक्रम गर्ने साझा धारण सबैले राखेका छन् |
इजरायलमा रहेका र यस तिज बिशेष कार्यक्रममा सहभागिता हुना बाँकी सम्पूर्ण संघसंस्थाहरुलाई कार्यक्रमको मूल आयोजनामा रहनको लागि यथासिघ्र सम्पर्क गर्न हुना समेत हार्दिक आव्हान र अपिल गरेको छ |
हाल सम्म तीज कार्यक्रमको लागि आवाद्ध भएका संघसंस्थाहरुको नामावली यस प्रकार छन् |
1.गैरआवासीय संघ (एनआरएन) इजरायल
2.नेपाली जन सम्पर्क समिति इजरायल
3.नेवा खल इजरायल
4.नमस्ते नेपाल हातेमालो सामाजिक संस्था
5.प्रवासी नेपाली मंच इजरायल
6.संघीय समाजबादी फोरम नेपाल इजरायल
7.नारीका लागि नारी एक करोड एक रुपैया अक्षय कोष इजरायल
8.अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी)
9.प्रवासी नेपाली एकता समाज इजरायल
10.संघीय लिम्बूवान सामाजिक मंच इजरायल
11.विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा
12.फ्याफूल्ला मिडिया प्रा.लि. (तामाङअनलाइन डट कम)
13.रेडियो हिमशिखर मिडिया इजरायल
14.भोजपूर समाज इजरायल
15,झापाली समाज इजरायल
16.तुलसी मेमोरियल क्यान्सर इजरायल
17.हिन्दू जागरण इजरायल
18.कृष्ण प्रणामी इजरायल
19.श्रीजनसिल इजरायल
20.प्रवासी नागरिक समाज इजरायल
21.ओम जनजागरण इजरायल
22.रुपन्देही समाज इजरायल
23.अन्तराष्ट्रिय कलाकार समाज इजरायल