हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज नयाँ शक्ति पार्टी, नेपाल स्थापनाको एक वर्ष

३० जेठ २०७४ – नयाँ शक्ति पार्टी, नेपाल स्थापनाको एक वर्ष पुरा भएको छ | यस सन्दर्भमा उक्त पार्टीले प्रेस विज्ञप्ति जारी गरेको छ | पूर्ण अंश:
१. एक्काइसौं शताब्दीको दोस्रो दशकसम्म आइपुग्दा विश्व राजनीतिमा परम्परागत नव–उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवाद दुबै तीब्र संकटमा पर्दै गएकाले दुबैको विकल्पको खोजी भइरहेको थियो । त्यसैको वैचारिक शाखा रहेका नेपालका ‘काँग्रेस’ र ‘कम्युनिष्ट’ ब्राण्डका राजनीतिक शक्तिहरुको विकल्पको खोजी हुनु पनि स्वाभाविक थियो । युगीन विकासका चरणको हिसाबले नेपाली राजनीति पहिलो भौगोलिक एकीकरण र दोस्रो लोकतान्त्रीकरणको चरण मूलरुपमा पूरा गरी तेस्रो आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको थियो । नयाँ चरणको नयाँ कार्यभार पूरा गर्न पुरानो विचार र पुराना पार्टीहरुबाट सम्भव छैन भन्ने आम धारणा बन्दै थियो । ठीक यही विन्दूमा समतामूलक समृद्धि, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता र समुन्नत समाजवाद लगायतका ५‘स’ का नीति तथा कार्यक्रममा आधारित नयाँ शक्ति पार्टीको स्थापना भएको थियो । एक वर्षअघि आजकै दिन जेठ ३० गते हामीले नेपाली धर्तीमा वैकल्पिक ढंगले लाखौं जनता, समर्थक र शुभचिन्तकहरुका बीचमा सामूहिक सपथग्रहण गरेर औपचारिक रुपमा पार्टीको घोषणा गरेका थियौं । पार्टी घोषणाको एक वर्ष पुगेको यस ऐतिहासिक अवसरमा हामी नेपाली जनता र राष्ट्रको निम्ति अपूर्व त्याग, समर्पण र वलिदान गर्ने महान् शहीद, वेपत्ताजन, घाइते, अपांगहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछौं । पार्टीको एक वर्षको यो यात्रासम्म पुग्न सघाउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यो यात्रामा लामवद्ध हुने सबै अभियन्ताहरुलाई बधाइ तथा शुभकामना दिन चाहन्छौं ।

२. कतिपय उतारचढाव र कमीकमजोरीका वावजुद विगत एक वर्षमा नयाँ शक्ति नेपाल आफ्नो छुट्टै वैचारिक–राजनीतिक धार सहितको वैकल्पिक शक्तिका रुपमा स्थापित भएको छ । लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा स्थापित भएका पुराना पार्टीहरु वैचारिक–राजनीतिक विकास अवरुद्ध भएपछि आफ्नो ब्राण्ड नाउँ बेचेर इतिहासको व्याज खाने संयन्त्रमा परिणत हुँदै गएका छन् भने वैकल्पिक शक्तिका रुपमा उदीयमान कतिपय पार्टीहरु वैचारिक अस्पष्टता र दिशाहीनताका बीचमा क्षणिक लोकरिझ्याइँ वा लोकप्रियतावाद (पपुलिज्म)मा रमाइरहेका छन् । त्यसका विपरित नयाँ शक्ति नेपाल मानवजातिले पछिल्लो चरणसम्म आविष्कार गरेका ज्ञान र विज्ञानलाई आत्मसात गर्दै र नेपाली समाजको वर्गीय, जातीय, क्षेत्रीय विविधता तथा विशिष्ठ भू–राजनीतिक जटीलतालाई मध्यनजर गर्दै तत्काल वाम–लोकतन्त्रको कार्यदिशा मार्फत राष्ट्रिय औद्योगिक अर्थतन्त्रको निर्माण गर्ने र अन्तत: समुन्नत समाजवादमा संक्रमण गर्ने अग्रगामी वैचारिक–राजनीतिक धार निर्माण गर्न प्रयत्नशील छ ।

३. एक वर्षको यो अवधिमा पार्टीले सांगठनिक हिसावले देशभित्र सातै प्रदेश, ७५ जिल्ला र ७४४ स्थानीय तहमा आफ्नो संगठन विस्तार गर्न सफल भएको छ भने विदेशमा २८ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । यसका अतिरिक्त पार्टीको सातवटै भौगोलिक प्रदेश एवं गैरभौगोलिक प्रदेशका रुपमा रहेका प्रवास प्रदेश, राष्ट्रिय मामिला प्रदेश, आंगिक प्रदेश तथा सम्पर्क संयन्त्र प्रदेशका वैठकहरु सहित तीस भन्दा बढी विभिन्न विभागका वैठकहरु पनि आ–आफ्नो आवश्यकता र सापेक्षतामा सम्पन्न भएका छन् । पार्टी अनुशासन आयोग लगायत सवै विभाग, आयोग, समिति, संयन्त्र र प्रदेशहरुले पनि आफ्नो नियमित काम सम्पन्न गरेका छन् । यसरी सांगठनिक जीवनको हिसावले पार्टी क्रियाशील र जीवन्त छ । थुप्रै कमी–कमजोरीहरुका वावजुद एक वर्षको सकारात्मक समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना निर्माण गर्न जरुरी छ । हाम्रो जस्तो अति पिछडिएको र विविधतायुक्त समाजमा पार्टी संगठनको सञ्जाल गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार गरेर मात्रै वैकल्पिक राजनीतिलाई देशव्यापी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने हाम्रो ठहर रहेको छ ।

४. सुशासन र पारदर्शिता पार्टीको पहिचान हो । ‘अवको निकास आर्थिक विकास’को नारा र ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने प्रतिवद्धताकासाथ अघि वढेको पार्टी हुनाका नाताले पार्टी जीवनमा, पार्टी कमिटीहरुमा र व्यक्तिगत जीवनमा पनि यसलाई आत्मसात गर्ने कोशिस गरिएको छ । यसै सन्दर्भमा अरवौंको लुटका रुपमा पहिचान बनाएको एनसेल कर छली प्रकरणको उठानमा नयाँ शक्ति पार्टीले महत्वपूर्ण भूमिका खेल्यो र त्यो अभियान आजपर्यन्त जारी छ । यसअघिका स्थानीय निकायले गरेका खर्चको हिसाव किताव माग्ने र सूचना जनताको दृष्टिमा पुर्‍याउने हेतुले सूचनाको हकको उपयोग गर्ने कामकारवाही यो अवधिमा सञ्चालन गरिएको छ । राजनीति व्यवसाय होइन, सेवा हो भन्ने मान्यता स्थापित गर्ने; भ्रष्टाचारको अभियोग लागेका नेता कार्यकर्तालाई तुरुन्त निलम्बन गर्ने; पार्टी कार्यक्रमका आय–व्यय तत्कालै सार्वजनिक गर्ने; तडकभडक र फजुल खर्च नगर्ने आदि सामान्य तर अर्थपूर्ण कामहरुले पारदर्शी र सदाचारयुक्त राजनीतिक संस्कार निर्माणको थालनी गरेका छन् ।

५. नेपालका प्राय: सबै पुराना पार्टीहरु एकल जातीय अहंकारवाद वा जातीय/क्षेत्रीय पृथकतावादको रोगले ग्रसित रहँदै आएको सन्दर्भमा नयाँ शक्ति नेपालले शुरुदेखि नै नेपालको जातीय/क्षेत्रीय/भाषिक विविधतालाई मध्यनजर गर्दै इन्द्रेणी नेपाली राष्ट्रियताको पक्षपोषण गर्दै आएको छ । सोही अनुरुप पार्टीका सबै कमिटीहरुमा मधेशी–थारु, आदिवासी जनजाति, खस–आर्य, महिला, दलित, मुस्लिम लगायत अल्पसंख्यकहरुको समावेशी समानुपातिक प्रतिनिधित्व गराउँदै आएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा ३५ प्रतिशत महिला रहेका छन् । तेस्रो लिंगीलाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा प्रतिनिधित्व गराउने सम्भवत: नयाँ शक्ति नेपाल पहिलो पार्टी हो । केही समययता पहाड र मधेशबीच दूरी र तिक्तता बढाउने प्रयत्न केही राजनीतिक शक्तिहरुले गरिरहेका बेला नयाँ शक्ति नेपालले ‘हिमाल–पहाड–तराई/मधेश राष्ट्रिय अभियान’ चलाएर देशलाई एकतावद्ध गर्ने महत्वपूर्ण पहल गरेको छ ।

६. भारत र चीन जस्ता दुई ठूला र उदीयमान विश्वशक्तिहरुको बीचमा रहेको नेपालको विशिष्ठ भूराजनीतिक जटीलतालाई मध्यनजर गर्दै नयाँ शक्ति नेपालले शुरुदेखि नै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने र नेपाली राष्ट्रिय हितको अधिकतम संरक्षण गर्ने नीति लिँदै आएको छ । बाह्य शक्तिकेन्द्रहरुले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्ने र नेपालका सत्ताधारीहरुले आफ्नो निजी वा दलगत स्वार्थका निम्ति ‘विदेशी प्रभु’सँग लम्पसार पर्ने प्रवृत्तिका विरुद्ध नयाँ शक्ति नेपालले सडकमै उत्रेर विरोध गर्दै आएको छ । साथै नेपाललाई आर्थिक रुपले सवल र आधारभूत कुराहरुमा आत्मनिर्भर बनाएर मात्रै देशको स्वाधीनताको वास्तविक रक्षा गर्न सकिन्छ भन्ने मान्यता अनुरुप नयाँ शक्ति नेपालले काठमाडौं–तराई फाष्ट ट्रयाक, बुढीगण्डकी जलाशययुक्त परियोजना आदि राष्ट्रिय गौरवका योजना स्वदेशी श्रम, सीप र लगानीमा गर्नुपर्छ भन्ने अडान राख्दै आएको छ र ती परियोजनाहरु विदेशी कम्पनीलाई दिने निर्णयहरुको सशक्त प्रतिरोध गर्दै आएको छ ।

७. अवको राजनीति आर्थिक समृद्धिको हो । समृद्ध जनता समृद्ध देश, खुशी जनता सुखी देश भन्ने आशयका साथमा पार्टी कार्यकर्ता र आम जनतालाई लम्पट सर्वहारा वनाउने र कमिशनमा जीवन चलाउने परम्पराको अन्त्य गरी आफ्नै कमाइमा जीवन जीउने अवस्थाको सिर्जना गर्न पार्टीले विशेष अभियान चलाउँदै आएको छ ।आम जनतालाई उत्पादनमा सरिक गराउने, श्रम प्रति सम्मान प्रकट गर्ने वातावरण सिर्जना गर्ने र रोजगारीका अभावमा विदेश जान वाध्य जनशक्तिलाई नेपालमा फर्काउने अवस्थाको सिर्जनाका साथै अव केही हुन्छ भन्ने आशाको सञ्चार जगाउने काममा पार्टीले उल्लेखनीय भूमिका खेलेको छ । पार्टीको ‘उत्पादन तथा स्वरोजगार विभाग’ मार्फत् देशको विभिन्न भागमा युवाहरुलाई अभिमुखीकरण तालिम दिने र विविध व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने कार्य हुँदै आएको छ ।

८. पार्टी स्थापनाको एक वर्ष नपुग्दै पार्टीले स्थानीय तहको चुनावको सामना गर्नु पर्‍यो । परन्तु पार्टीलाई षड्यन्त्रपूर्ण ढंगले निर्वाचन चिन्हवाट वञ्चित गरियो । निर्वाचनका दौरानमा राज्य आतंकका थुपै्र मार सिंगो पार्टी पंक्तिले खेप्यो । यसका वावजुद पनि पार्टीले अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएर केही स्थानमा जीतसहित वडासम्म संगठन विस्तार गर्ने अवसर प्राप्त गर्‍यो । कैयौं प्रतिकूलताका वावजुद अरु कसैको साझा चिन्हको व्यवस्थापनकासाथ चुनावमा गएर प्राप्त भएको उपलव्धीलाई कम आँक्न हुँदैन । भलै यसबाट महत्वपूर्ण शिक्षा प्राप्त भएका छन्, जुन आगामी दिनमा निकै उपयोगी हुनेछन् ।

९. एक वर्षको छोटो अवधिमा पार्टीले खेलेको भूमिका उल्लेखनीय नै छ तर अपेक्षाका तुलनामा सो न्यून छ । पार्टीकै योजनाका हिसावले र जनताले गरेको अपेक्षाका हिसावले यो विल्कुलै पर्याप्त छैन । नयाँ शक्ति पार्टीप्रति अपेक्षा धेरै भएकाले अपेक्षाहरु निराशा र आलोचनामा परिणत हुन सक्छन् । यो तथ्यलाई आत्मसात गर्दै आगामी योजना निर्माण गर्न यो एक वर्षको अनुभवले हामीलाई गम्भीर र उत्साहित दुबै बनाएको छ । यही उत्साहलाई जनताको अपेक्षासँग एकाकार गर्दै अघि बढ्न हामी प्रतिवद्ध छौं । नेपालमा वैकल्पिक राजनीतिको खाँचो झन् वढेर गएको छ । फलस्वरुप हाम्रो दायित्वमा वृद्धि भएको छ । यो तथ्यलाई आत्मसात गर्दै हामीले निर्मम आत्मसमीक्षा गर्नेछौं र थप उत्साहका साथ कार्यक्षेत्रमा जुट्नेछौं ।

देशमा वैकल्पिक राजनीतिको कुनै विकल्प छैन । त्यो विकल्प हामीले नै दिनुपर्दछ । हामी दिन तयार छौं ।
२०७४ जेठ ३०
––––––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution