तामाङ समाज मलेशियाले मृर्गौला पीडितलाई सहयोग

जेष्ठ २९, २०७४- दुवै मृर्गौलाले काम नगर्ने भएपछि लामोसमयदेखि उपचाररत लक्ष्मी स्याङतान तामाङलाई मलेसियास्थित तामाङ समाजले आर्थिक सहयोग गरेको छ । मलेसियामा क्रियाशिल समाजले पदमपोखरी-७ मकवानपुर निवासी लक्ष्मीलाई ८३ हजार ६ सय ७६ रुपैयाा आर्थिक सहयोग गरेको हो ।
उक्त रकम समाजले विभिन्न व्यक्तिहरुसँग संकलन गरी आइतबार बिरामी लक्ष्मी स्याङतान तामाङले नै प्राप्त गर्नेगरि पठाइएको अध्यक्ष चक्र तामाङले जानकारी दिए । ‘दुवै मृर्गौंलाले काम नगर्ने भएपछि हाल उहाँ उपचारकै क्रममा हुनुहुन्छ । थोरै भएपनि आर्थिक सहयोग गरेका हौं,’ चक्रले भने । ४० वर्षीया लक्ष्मी विगत केही महिनादेखि काठमाडौंको एक अस्पतालमा उपचाररत छन् । पठाइएको उक्त रकम उनले प्राप्त गरिसकेको बताइएको छ । @ कान्तिपुर |