हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गाडी बोक्ने जीवित दुई तामाङ म्हेमेहरु

अहिले गाडीले मान्छे बोक्छ, उहिले मान्छेले गाडी बोक्थे ! त्यसो त, उहिले पनि गाडीले नै मान्छे बोक्थ्यो । तर समयको यात्रा यस्तो थियो— त्यति बेला कति गन्तव्यसम्म तिनलाई मान्छेले नै बोकेर पुर्‍याउनुपर्थ्यो । अनि मात्र मान्छेहरू त्यसमा यात्रा गर्न पाउँथे ।

६० वर्षअघिसम्म राजधानी काठमाडौंमा जति गाडी चल्थे, ती सबै मकवानपुरको भीमफेदीबाट भरियाहरूले बोकेर लगेका हुन्थे । विक्रम संवत् १९८० को दशकदेखि काठमाडौंमा मोटरबाटो बन्न सुरु गरेको थियो । उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्र थियो भने वीरगन्जदेखिको बाटो भीमफेदीबाट उक्लिएकै थिएन ।

यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सम्म चल्यो । २०१० देखि बन्न थालेको पृथ्वी राजमार्ग भीमफेदी–थानकोट तीन वर्षसम्ममा जोडिएपछि भारतदेखि गाडी गुडेरै काठमाडौं आउन थाले, भरियाले बोक्नुपरेन ।
त्यस बेला गाडी बोक्ने भरियाहरूका कथा चाखलाग्दा छन्, ‘लाहुरेबा’ हरूले सुनाउने लडाइँको कहानीजस्तै । तर जति वर्ष बित्दै गयो, यस्ता कथा सुनाउने पात्रहरू सकिँदै छन् । यो संवाददाताको खोजीमा त्यस्ता पात्र अब दुई जना मात्र भेटिएका छन्— ९० वर्षीय जुक्तबहादुर वाइबा तामाङ र ८५ वर्षीय हीराबहादुर घलान तामाङ ।
थाहा–५ तसरका वाइबा धामीझाँक्री हुन् । तर उनलाई गाउँमा गाडी बोक्ने भरिया भनेरै चिन्छन् । उनका अधिकांश दाँत झरिसकेका छन् । टाउकोमा कपाल छैन । तर शरीरको ताकत अहिले पनि छ घर–घरमा पुगेर बिरामीलाई ढ्याङ्ग्रो ठोकेर झारफुक गर्छन् । उहिले गाडीको नोल बोकेको काँधमा अहिले ढ्याङ्ग्रो बोक्छन् ।

वाइबाले २००० सालतिरबाट गाडी बोक्न सुरु गरेका हुन्, त्यति बेला उनी १६ वर्षका थिए । ६ फिट अग्लो र बलियो भएकाले गाडी बोक्ने नाइकेले उनलाई गाउँवाट छानेर लगेको थियो । पहिलोपटक भीमफेदीबाट सानो गाडी नोल लगाएर चारतिर ८/८ जना गरी ३२ जनाले बोकेर ७ दिनमा थानकोट पुर्‍याएको उनी अझै सम्झिन्छन् । त्यति बेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमा तीन रुपैयाँ बाटो–खर्च लाग्यो । दुई रुपैयाँ घरमा बुझाए । ‘आम्मै ! घरमा एकैचोटि दुई रुपैयाँ पाउँदा त सबै दंग,’ उनी सुनाउँछन् । एक दशकभन्दा बढी अवधिमा साना ठूला गरेर सयभन्दा बढी गाडी बोके उनले ।

गाडी बोक्दा चिप्लिने डरले सबै भरियाले परालको चप्पल लगाउँथे । त्यही बानीले वाइबालाई अहिले पनि समस्या पारेको छ । अरू चप्पल उनलाई मन नपर्ने, परालको लगाउन नातिहरूले नदिने । उनी खाली खुट्टै गाउँ डुल्छन् । एक खेप खाडी ओसार्दा ४ जोर चप्पल फाट्ने गरेको उनी सुनाउँछन् ।
गाडी बोकेर कमाउन थालेपछि गाउँमा सजिलै बिहे गर्न सकेको वाइवा बताउँछन् । ‘त्यति बेला २, ४ वटीसँग विवाह गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिनँ,’ उनी हाँस्दै सुनाउँछन् । तीन वर्षअघि पत्नी बितेपछि उनी नातिको साथमा छन् ।

वाइबाकै घरबाट आधा घण्टा उकालो हिँडेपछि पुगिने थाहा–५ पुरन्डीमा छ घलानको घर । घुँडा दुख्ने समस्याका कारण उनी २ वर्षदेखि लौरोको सहारामा मात्रै घर भित्र–बाहिर गर्न सक्छन् । ‘सयको हाराहारीमा गाडी बोकेर काठमाडौं पुर्‍याइयो,’ उनी भन्छन्, ‘ अहिले आफैंलाई अरूले बोकेर भित्र–बाहिर गराउन पर्ने भो ।’

गाडी बोकेकै कमाइले घलानले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । रमाइलो के भने, अहिले गाडी बोकेको कुरा गर्दा उनकै नातिनातिना पत्याउँदनन् । ‘गाडी बोकेको कुरा गर्दा पत्याउँदैनन्, गाडी पनि बोक्न सकिन्छ भनेर उल्टै जिस्काउँछन्,’ उनी भन्छन्, ‘पहिला पैसाको पनि दु:ख थियो, कामको पनि दु:ख थियो, अहिलेको जस्तो सजिलो कहाँ थियो ?’

वाइबा र घलान दुवैजना एकैपट्टिबाट गाडीको नोल बोक्थे । सुरुको पटक ७ दिनमै गाडी काठमाडौं पुर्‍याएबापत ३२ जनाको उनीहरूको टोलीलाई राणाजीले नाइकेमार्फत २० रुपैयाँ बक्सिससमेत दिएका थिए ।

साना गाडीमा लामा—लामा नोल बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ जना तन्नेरीहरूले काँधमा बोकेर हिँड्थे । त्यति बेला भरिया र नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं पुर्‍याउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गर्थ्यो ।

वाइबा र घलानको भेट नभएको १० वर्षभन्दा बढी भइसक्यो । ‘गाडी बोक्ने जीवित पात्रहरू यी दुई मात्र हुन सक्छन्,’ इन्द्रसरोवर, मार्खुका ९२ वर्षीय दलबहादुर बलामीले भने, ‘गाडी बोक्नेहरू अधिकांश यसै भेगका थिए, धेरै मरिसके ।’ त्यति बेला गाडी बोक्ने भरियाहरू प्राय: मार्खु, कुलेखानी, चित्लाङ, फाखेल र वज्रबाराहीका थिए । गाडी बोकेका फाखेलका हीराबहादुर बलामी र चित्लाङका धनबहादुर गोलेको २ वर्षअघि मृत्यु भइसकेको छ । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution