हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अदालतले अन्याय गरेको भन्दै मौनजुलुस प्रदर्शन

चरीकोट : अदालतले अन्याय गरेको भन्दै जुगँु घटनाका पीडितहरु सदरमुकाम चरीकोटमा न्याय माग्न आइपुगेका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको क्रममा गत बैशाख २६ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता वीच भएको झडपमा परी ज्यान गुमाएका कुलबहादुर तामाङका परिवारले आफुहरुलाई जिल्ला अदालतले अन्याय गरेको आरोप लगाएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्वर १ हुप्पा घर भएका मृतक तामाङ वडा सदस्यका उम्मेद्धवार बुबा गोरे तामाङको निर्वाचनको प्रचारप्रसारमा हिडेका थिए । सुरुमा नेकपा माओवादी केन्द्रमै आवद्ध भएका तामाङका परिवार निर्वाचनको केहि समय अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए । मृतकका बुवा गोरेले आफ्नो छोरालाई राजनीतिक प्रतिशोध साँध्ने बदनियतले आक्रमण गरी हत्या गरेको भन्दै दोषी माथि कार्वाहीको माग गरेका छन् । घटनामा संलग्न रहेको आशंक्कामा प्रहरीले जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जेठ २६ गते साधारण तारेखमा अदालतले छोडेपछि मृतकका परिवार आफुलाई अन्याय भएको भन्दै सदरमुकाम चरीकोटमा आएका हुन ।
मृतकका बुबाले जारी गरेको अपिल पत्रमा घटनाको मुख्य योजनाकार नेकपा माओवादी केन्द्रका नेता एवंम पूर्व राज्यमन्त्री देवी खड्काको नेतृत्वमा आफ्नो छोरालाई मारेको भन्दै नेतृ खड्का सहित ३९ जनाको नाममा किटानी जाहेरी दर्ता गर्नु भएको थियो । उहाँले जिल्ला न्यायाधिश लालकाजी श्रेष्ठको इजलासले कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले आफुलाई विचलित बनाएको बताउनुभयो । अदालतको यस्तो आदेशले न्याय मरेको र न्यायको लागि पिडितहरुले सम्मानित अदालतको भरोसामा रहने दिन सकिएको अनुभुति आफुहरुले गरेको बताएका छन् । यस्तै अदालतले कर्तव्य ज्यान मुद्धामा भएको थुनछेकको आदेश पुर्वाग्रही र प्रभावित भएर गरिएको पाइएको बताउदै तत्कालै सञ्चाउन माग गर्दै पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् ।
अदालतले अन्याय गरेको भन्दै आइतबार सदरमुकाम चरीकोटमा मौन ¥यालि समेत निकालिएको थियो । सो ¥यालिले सातदोवाटो चोक हुदै जिल्ला अदालतको परिक्रममा गरेको थियो । हत्यारालाई तत्काल पक्राउ गर, न्याय मार्न पाइदैन र पिडितलाई न्याय गर लगाएतका नारा लेखिएको प्ले कार्ड बोकेर शान्तिपूर्ण विरोध जनाएका छन् ।
यसैवीच एक साता अघि मात्र नेकपा माओवादी केन्द्रले नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई फसाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दोलखा र जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएको थियो । माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक गोपाल पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा दुई पार्टी वीच चुनावी प्रचारको क्रममा झडप हुदा घाइते भएका तामाङलाई एमाले कार्यर्ताहरुले नै मारेको बताएका छन् । निर्वाचन प्रचारको क्रममा भएको झडपमा मृत्यु भएका तामाङलाई सरकारले सहिद घोषणा गरीसकेको अवस्थामा फेरी पनि विभिन्न बाहनामा घटनालाई व्यूताउन खोज्नु गम्भिर षडयन्त्र भएको बताएका छन् । @अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution