हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

दार्जिलिङमा फेरि उठ्यो पहिचानको मुद्दा, भाषा विवादले पहाडी भेग अशान्त

काठमाडौं । आफ्नो जातीय, भाषिक र सांस्कृतिक अधिकारका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका दार्जिलिङका नेपालीभाषी समुदाय पश्चिम बंगालको ममता बनर्जी सरकारले सरकारी स्कुलमा कक्षा एकदेखि दससम्म बंगाली भाषालाई अनिवार्य गराएपछि त्यसविरुद्ध फेरि एक पटक कडा आन्दोलनमा उत्रेका छन् । सरकारी निर्णयविरुद्ध गोरखा जनमुक्ति मोर्चा (गोजमुमो) ले थालेको यो आन्दोलनले बिहीबार हिंसात्मक रूप लियो ।

बिहीबार दार्जिलिङको राजभवनमा पश्चिम बंगाल सरकारको क्याबिनेट बैठक चलिरहेको थियो । बैठक चलिरहेकै बेला विमल गुरुङले नेतृत्व गरेको गोरखा जनमुक्ति मोर्चाले राजभवनसम्म पैदल मार्चको आयोजना गरेको थियो । प्रदर्शनकारीहरू बैठक स्थलतर्फ जान खोजेपछि प्रहरीसँग भिडन्त भयो । बैठक सिध्याएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी राजभवनअगाडि निस्किनेबित्तिकै अलग गोर्खा राज्य बनाउन संघर्षरत गोजमुमोका कार्यकर्ताहरूले ढुंगामूढा सुरु गरेका थिए ।

अहिले दार्जिलिङमा ममता बनर्जीको तृणमूल कंग्रेस र विमल गुरुङ नेतृत्वको गोजमुमोबीच प्रतिस्पद्र्धाको राजनीति चलिरहेको छ । गोजमुमोले नेपाली भाषा, संस्कृति र पहिचानको मुद्दालाई उठाइरहेको छ भने तृणमूल कंग्रेसले दार्जिलिङको विकास र समृद्धिलाई आफ्नो मुख्य नारा बनाएको छ । मुख्यमन्त्री ममता बनर्जी एकातिर नेपालीभाषीलाई माया गरेजस्तो पनि गर्दैछिन् र अर्कोतिर उनीहरूको अधिकारमाथि नजानिँदो गरी धावा समेत बोलिरहेकी छिन् ।

यसपटक दार्जिलिङमा आयोजना गरिएको क्याबिनेट बैठक कलकत्ताबाहिर आयोजिक पहिलो क्याबिनेट बैठक हो । यस्तो बैठक चार दशकपछि यहाँ आयोजना भएकाले यसलाई ऐतिहासिक मानिएको छ । यो बैठकमार्फत ममता आपूmले दार्जिलिङलाई पर्याप्त ध्यान दिएको सन्देश प्रवाह गर्न खोजिरहेकी थिइन् । बैठकमा भाग लिन ३२ जना मन्त्रीहरू दार्जिलिङ आएका थिए, जसमध्ये २८ जनालाई प्रहरीको सुरक्षामा फिर्ता पठाइयो ।

समाचारअनुसार आन्दोलनका क्रममा दार्जिलिङमा भएको आगजनी र ढुंगामूढाका घटनामा उत्तर बंगालका डिआइजीसमेत ४० प्रहरी र मोर्चाका दस जना कार्यकर्ता घाइते बनेका छन् । प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले दार्जिलिङदेखि सिलगुडीसम्म चल्ने बसमा आगो लगाइदिएका थिए ।

उनीहरूले बाटोमा रोकेर राखिएका प्रहरीका गाडीहरूमा तोडफोड र आगजनीसमेत गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो । स्थिति तनावग्रस्त बनेपछि दार्जिलिङमा सेना परिचालन गरिएको छ, तर अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको समाचार छ ।

आन्दोलनले हिंसात्मक रूप लिएपछि ममता बनर्जीले दार्जिलिङमा रहेका सबै पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीबललाई निर्देशन दिएकी छन् । यहाँ झन्डै १२ हजार पर्यटकहरू अलपत्र परेका छन् । यो दार्जिलिङमा पर्यटकहरू घुम्न आउने मौसम हो । यतिखेर त्यहाँ पर्यटकहरूको निकै भीड हुने गर्छ ।

मोर्चाको आरोपको खण्डन गर्दै ममता बनर्जीले दार्जिलिङमा बंगाली भाषा अनिवार्य नगरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘‘पहाडका जनताहरू जे चाहन्छन्, पढ्न सक्छन् । राम्रो काम गर्न कसैले रोक्न सक्दैन । हामी हिल स्टेटमा विकास गर्न चाहन्छौं । यहाँका मानिसहरू निकै असल छन् । आन्दोलन उनीहरूको संवैधानिक अधिकार हो । उनीहरूलाई यसो गर्न दिनोस् । उनीहरूसँग कुनै समस्या छैन ।’’

उनले दार्जिलिङमा राज्यको मिनी सचिवालय निर्माण गर्ने र वर्षमा दुई पटक क्याबिनेट बैठक दार्जिलिङमै आयोजना गर्ने पनि बताएकी छन् । ममता बनर्जी अहिले गोरखा जनमुक्ति मोर्चा एजेन्डाविहीन बनेको बताउँछिन् । दार्जिलिङमा विकास हुन लागेकोले मोर्चा ईष्र्याग्रस्त बनेर विरोधमा उत्रिएको उनको आरोप छ ।

तर मोर्चा भने ममता बनर्जीको कुरामा सहमत देखिँदैन । मोर्चाका महासचिव रोशन गिरीले भनेका छन्, ‘‘हामी राज्यद्वारा प्रायोजित हिंसाको विरोध गर्छौं । तृणमूल कंग्रेस पुलिस र आफ्ना गुन्डाहरू प्रयोग गरेर हिल स्टेटको शान्ति भङ्ग गर्न खोजिरहेको छ । हामी आफ्नो थलोका बासिन्दाको पहिचानसँग कुनै सम्झौता गर्दैनौं । यसका लागि हाम्रो लडाइँ निरन्तर जारी रहन्छ ।’’ मोर्चाले सरकारको निर्णयविरुद्ध अनिश्चितकालीन दार्जिलिङबन्दको आह्वान गरेको छ ।

-डा. सुधन पौडेल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution