अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायलको पाँचौं अधिबेशन हुने

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायलको पाँचौं अधिबेशन साथै साधारण सभा आउँदो १६ जुन २०१७ (शुक्रवार) तेलअविव स्थित लेवन्सकी चिल्ड्रेन पार्कमा साँझ ठिक ५ बजे सम्पन्न हुने भएको छ |
इजरायलमा कार्यरत नेपाली दाजुभाइ,दिदिबहिनी, विभिन्न बिधाका कलाकार,साहितिक,धार्मिक,सामाजिक संघ-संस्था,राजनीति दल,बुद्धिजीवी तथा कला-कलाकार प्रेमीहरुमा उपस्थिति भइ कार्यक्रम सफल बनाई दिनु हुन हार्दिक अनुरोध गरेको छ |
गायन,नृत्य,नाटक,साहित्य आदि कुनै पनि बिधामा सक्षम हुनु भएर,पनि देखाउने ठाउँ (platform) नपाउनु भएका कलाकारहरुको प्रतिभा विश्व सामु देखाउन मंचले प्रतिबद्धताका साथ सहयोग गर्ने जनाएको छ |
अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल (शाखा) को सदस्य बन्न इच्छुक सबै बिधाका कलाकारहरुमा हार्दिक आह्वान गरेको छ ।