पूर्व युवराज्ञी हिमानी:छोरा हृदयेन्द्र, छोरीहरु सहित व्यास गुफा पुगिन्

२५ जेठ, घोराही । पूर्व युवराज्ञी हिमानी शाह बिहीबार दमौली आएकी छन् । नेपाल ठकुरी समाज तनहुँको निमन्त्रणामा पूर्व युवराज्ञी शाह दमौली आएकी हुन् ।
महर्षि वेदव्यासको जन्मस्थल दमौलीमा रहेको पवित्र धार्मिक स्थल व्यास गुफाको अवलोकनका लागि पूर्व युवराज्ञी शाह दमौली आएकी हुन् । पूर्व युवराज्ञी शाहले व्यास गुफामा पूजा अर्चना समेत गरेकी थिइन् ।
साथै पूर्वराज्ञी शाह व्यास गुफा परिसरमा सञ्चालन भइरहेको १८ महिने अखण्ड हरिकिर्तन स्थलमा समेत सहभागी भएकी छन् । पूर्व युवराज्ञी शाहलाई व्यास गुफाका संरक्षक दामोदर बाबाले व्यास गुफाको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।
पूर्व युवराज्ञी हिमानीको साथमा उनका छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कृतिका पनि सहभागी थिए ।