ह्योल्मो समाज इजरायलको ११ औ ऐतिहासिक वार्षिकोत्सब तथा साधारण

तेलअविव – ह्योल्मो समाज इजरायलको ११ औ ऐतिहासिक वार्षिकोत्सब तथा साधारण सभा यहि आउदो १७ जुन २०१७ (शनिवार) बिहान ठिक १० बजे नेबिशनन स्ट्रेट ४७ स्थित ह्योल्मो अपार्टमा हुने भएको छ |
नयाँ कार्यसमितिको चयन समेत हुने भएकोले प्रवासीभुमि इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमोहरुलाई वार्षिकोत्सब तथा साधारण सभामा उपस्थित भइ आफ्नो अधिकारलाई प्रयोग गर्दै कार्यक्रमलाई ब्यताका साथ सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार हार्दिक अनुरोध गरेको छ |
साथै सम्पुर्ण संस्थामा आबद्ध र इच्छुक ह्योल्मोहरुले संस्थाको साधारण सभा अघि नयाँ सदस्यता लिनुपर्ने र पुरानो सदस्यता नविकरण अनिवार्य गर्नुपर्ने भएकोले वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रमको दिन बिहान १० बजे सम्ममा सदस्यता लिने ब्यबस्था खुल्ला रहने जनाएको छ |
एतिहासिक ११ औं वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रममा सम्पुर्ण ह्योल्मोहरुले आफ्नो अधिकार सहित सहभागिता राख्दै आफ्नु ह्योल्मो सस्था प्रति उत्तरदायी बोध गराई दिनु हुन सम्पूर्ण इजरायलवासि ह्योल्मोहरुमा संस्था द्वारा हार्दिक अनुरोध र अपिल गरेको छ | संस्थाको सदस्यता लिनुका निम्ति संस्थाको वर्तमान कार्यकारिणी समिति सँग समयमै सम्पर्क गर्न अनुरोध गरेको छ |