देउवा सरकारमा ४ मन्त्री नयाँ अनुहार, ४ दोहोरिए

काठमाडौ, जेठ २४ –नवगठित आठ सदस्यीय शेरबहादुर देउवाको नयाँ मन्त्रिपरिषदमा तीन जना मन्त्री प्रचण्ड नेतृत्व सरकारका समेटिएका मन्त्री हुन् भने चार जना नयाँ अनुहार रहेका छन् |
दोहोरिएकामा विजय गच्छदार, कृण्णबहादुर महरा र जनार्दन शर्मा रहेका छन् । यसअघि महरा अर्थ, शर्मा उर्जा र गच्छदार संघीय मामिला तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारीमा थिए ।
देउवा नेतृत्वको सरकारमा भने गच्छदारले उप्रमसहित संघीय, महराले पनि उपप्रमसहित परराष्ट्र र शर्माले गृह मन्त्रालय पाएका छन् । त्यस्तै माओवादीबाट विनाविभागीय मन्त्रिमा सपथ खाएका प्रभु साह नयाँ अनुहार हुन् ।शाह व्यवस्थापिका संसदको श्रम समितको सभापति रहेका छन् ।
कांग्रेसबाट सपथ खाएका गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की र फरमुल्लाह मन्सुर देउवा नेतृत्वको सरकारमा नयाँ अनुहार भएपनि तीनै जना यसअघि मन्त्री भने भइसकेका अनुहार हुन् ।