हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

देउवा प्रधानमन्त्रीमा ३८८ मत सहित निर्वाचित

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्।उनी नयाँ प्रधानमन्त्रीका लागि एक्ला प्रत्यासी थिए।संसदमा हाल रहेका ५९३ सदस्यमध्ये मतदानमा ५५८ जनाले भाग लिएका थिए।

देउवाको पक्षमा ३८८ मत परेको सभामुख ओनसरी घर्तीले संसदमा जानकारी दिइन्।प्रधानमन्त्री चुनिन सामान्य बहुमत अर्थात् २९७ मत भएमात्रै पुग्थ्यो।संविधान संशोधनको माग राख्दै आएको असन्तुष्ट राष्ट्रिय जनता पार्टीले समेत देउवाको पक्षमा मत हालेको थियो। विपक्षमा १७० मत खस्यो।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता हुने बताए।प्रधानमन्त्री निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले त्यस्तो धारणा राखेका हुन्।आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने क्रममा उनले संविधान कार्यान्वयनका निम्ति तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने, तराई केन्द्रित दलहरुको माग पूरा गर्ने गरी संविधान संशोधन गर्ने र विकासका कामलाई प्राथामिकता दिने बताएका थिए।प्रधानमन्त्री पदको जिम्मेवारी चौथो पटक सम्हाल्न लागेका देउवाले संसदमा बोल्दै आफू नेतृत्वको सरकारले भारत र चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र दुवै देशलाई आश्वस्त पार्न सके दुवै देशले सहयोग गर्ने वातावरण बन्ने बताए।

देउवा निर्वाचित भएसँगै उनी चौथो पटक मुलुकको कार्यकारी प्रमुख बनेका छन्। देउवाले संसदमा बोल्दै आफू नेतृत्वको सरकारले भारत र चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र दुवै देशलाई आश्वस्त पार्न सके दुवै देशले सहयोग गर्ने वातावरण बन्ने बताए।देउवाको सिंहदरबार पुनरागमनसँगै १० महिनायताको माओवादी केन्द्रसँगको उनको दलको गठवन्धन यात्राले विधिवत् निरन्तरता पाएको छ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको भनिएको ‘भद्र सहमति’ अनुसार प्रचण्डले पदबाट राजीनामा दिएपछि देउवाका लागि सिंहदरबार यात्राको बाटो खुलेको थियो।
देउवाको सबैभन्दा पहिलो परीक्षण दोस्रो चरणको स्थानीय चुनाव हुनेछ।संविधान संशोधनविना चुनावमा भाग नलिने सार्वजनिक अडान राखिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउने चुनौती देउवासामू छ।कांग्रेस र माओवादी केन्द्रको गठवन्धन संविधान संशोधन र सबै तहको चुनाव गराउने प्रतिवद्धतासहित गत वर्ष सत्तामा आएको थियो।तर संविधान संशोधनको प्रयासमा यो गठवन्धन सफल हुन सकेको छैन।

देउवाका पूर्ववर्ती प्रचण्डको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लगिसकेको छ।अब देउवाले कसरी त्यसलाई पारित गराउन भूमिका निर्वाह गर्न सक्छन् त्यो विषय विपक्षी एमालेलाई उनले कसरी मनाउँछन् भन्नेमा निर्भर गर्नेछ।
त्यसका अतिरिक्त प्रादेशिक र केन्द्रीय चुनाव आगामी माघ ७ सम्म गराउनुपर्ने दायित्व देउवासामू छ।
यदि त्यसमा उनी सफल भएनन् भने त्यसले देशमा संवैधानिक संकट निम्त्याउनेछ।विगतमा चुनाव गराउने जस्ता देशका कतिपय महत्वपूर्ण कार्यभारहरुमा विफलताको दाग लागेका देउवालाई अहिले आफूसामू रहेका दायित्वलाई सफल पारेर पुरानो आफ्नो छवि सुधार्ने मौका इतिहासले दिएको छ। @ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution