हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

के यो देश प्रधानमन्त्री उत्पादन गर्ने कारखाना मात्रै हो ?

सरकार गठन र विघटनको जोडघटाउलाई संसदीय राजनीतिको सबैभन्दा तल्लोस्तरको खेल भन्ने गरिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि २६ पटक र २०६२÷६३को जनआन्दोलनपछिको ११ वर्षको अवधिमा मात्रै ९ वटा सरकार बनिसकेको छ । र, अहिले १० औं सरकार निर्माणको कसरत भइरहेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भए भने ०४६ सालको परिवर्तन पछिका २६ औं प्रधानमन्त्री हुनेछन् । जनआन्दोलनपछिको ११ वर्षको अवधिमा सरकार गठन र विघटनको खेल पनि रोचक तर घीनलाग्दो नै छ । जुन यसप्रकार छ:

गिरिजाप्रसाद कोइराला (०६३–०६५)

जनआन्दोलनको बलमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले लिएको संसद पुर्नस्थापनापछि काँग्रेस, माओवादी, एमाले र साना दलसहित संयुक्त सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । कोइरालाले ०६४ सालको पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको ४ महिनापछि राजीनामा दिएका थिए । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा (माओवादी) बनेपछि उनले राजीनामा दिएका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (०६५–०६६)

पहिलो संविधानसभाबाट माओवादी पहिलो दल बनेपछि पुष्ककमल दाहाल प्रधानमन्त्री बने । दाहालको सरकार बर्हिगमनलाई ०४८ साल यताका प्रधानमन्त्रीहरुमा सबैभन्दा चर्चित ‘राजीनामा काण्ड’का रुपमा चिनिन्छ । प्रधानसेनापति रुक्माङगत कटवालमाथि उनले चलाएको कारवाही प्रक्रिया २२ दलसहित राष्ट्रपति रामवरण यादवले अस्विकार गरेपछि दाहालले भावाबेगमा राजीनामा दिएका थिए ।

माधवकुमार नेपाल (०६६–०६७)

तत्कालिन २२ दलीय गठबन्धको संयुक्त सरकारको नेतृत्व गरेका एमाले नेता माधवकुमार नेपालले आन्तरिक पार्टी विवादका कारण सरकारबाट राजीनामा दिएका थिए । नेपालले राजनीनामा दिएपछि पनि केही महिना कामचलाउ सरकारकै रुपमा काम गरेका थिए ।

झलनाथ खनाल (०६७–०६८)

छ महिना मात्र टिकेको झलनाथ खनाल नेतृत्वको सरकार ढल्नुमा पनि पार्टी राजनीतिक प्रभाव शक्तिशाली बन्यो

बाबुराम भट्टराई (०६८–०६९)

मधेसवादी दलको समर्थनमा बनेको सरकारको नेतृत्वकर्ता माओवादी नेता बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गरेरदोस्रो संविधानसभाको निर्वाचनका लागि तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउँने सहमतिपछि राजिनामा दिएका थिए ।

खिलराज रेग्मी (०६९–०७०)

मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी दोस्रो संविधानसभाको चुनाव गराउँदासम्मको सरकार प्रमुखको हैसियतमा रहे । ०७० साल मंसीरमा दोस्रो संविधानसभाबो चुनाव सम्पन्न गराएर उनले राजीनामा दिएका थिए ।

सुशिल कोइराला (०७०–०७२)

नेपाली कांग्रेसका सभापति रहेका स्वर्गीय सशील कोइरालाले एमालेसँग मिलेर बनाएको सरकारबाट संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राजिनामा दिएका थिए ।

केपी शर्मा ओली (०७२–०७३)

संविधानसभाबाट नयाँ संविधान जारी भइसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अहिलेको सरकार गठन भएको हो । एमाओवादीलगायत दलसँग मिलेर सरकार बनाएका ओली सरकार पनि ९ महिना पूरा नहुँदै ढल्यो ।

पुष्पकमल दाहाल(०७३–अहिलेसम्म)

ओली सरकार ढालेर कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको १० महिनामा पुग्दा कामचलाउ भइसकेका छन् । र, माओवादी कांग्रेसको सहमतिमै अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदै छन् ।

यसरी देशमा प्रधानमन्त्री र मन्त्री बन्ने, बनाउने खेलमात्रै चलिरहेको छ । र, नागरिकहरु सोध्न थालेका छन्, के यो देश प्रधानमन्त्री र र मन्त्रीहरु उत्पादन गर्ने कारखाना मात्रै हो ?






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution